व्यवसायिक मेलमिलापमा उद्योग बाणिज्य महासंघको भूमिका विस्तार गरिने

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आप्mनो भूमिका विस्तार गर्ने भएको छ । महासंघले सदस्य सेवा केन्द्रको स्थापनासँगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताए । 

महासंघ र मेलमिलाप परिषद्ले संयुक्त रुपमा आयोजना गरेको उद्योग व्यवसाय क्षेत्रमा मेलमिलाप पद्दती बिषयक अन्तरक्रियामा उनले भने, ‘मेलमिलाप केन्द्र केही पहिला महासंघमा स्थापना भएको हो । अब यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनिरहेको छ ।’

Advertisement

सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्कीले उद्यमी व्यवसायीको लागत घटाउन मेलमिलाप पद्दतीको अवलम्वन र विस्तार आवश्यक रहेको बताए । महासंघले यसको नेतृत्व गर्न सक्ने उनको भनाई थियो । 

सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले मेलमिलाप केन्द्रको स्थापना र विकासमा सहयोग पुर्याउने बताए । कानुन मन्त्रालयका सचिव उदय सापकोटाले मेलमिलाप सम्बन्धी विज्ञको अभाव रहेकोले यसको उत्पादनमा पनि निजी क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताए । 

पूर्वन्यायाधीश विनोद शर्माले सिंगापुर अभिसन्धी र यसलाई नेपालले अपनाउ“दा हुने फाइदाबारे जानकारी गराए । कार्यपत्र प्रस्तोता भद्रकाली पोखरेलले मेलमिलाप पद्दतीलाई कार्यालय तहमा पनि विस्तार गर्न सकिने बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुद्दामा धेरै समय लाग्ने गरेको सन्दर्भमा मेलमिलाप केन्द्रबाट समाधान खोज्न सकिने बताए । धेरै समय र लागत लागिरहेको सन्दर्भमा महासंघको मेलमिलाप केन्द्रबाट सेवा दिन सक्छौ, उनले भने । कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महासंघका विभिन्न समिति र फोरमका सभापति सहभागी थिए । 

Advertisement

Advertisement