भिभोको  भी २१ ई आजदेखि नेपाली बजारमा, मूल्य रु. ४० हजार

Advertisement

काठमाडौं । भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन आइतबारदेखि नेपाली बजारमा आएको छ । भी भर्जन स्मार्ट फोन उत्पादन गरी विश्व बजारमा ल्याउँदै आएको भिभोले भी २१ ई फोन प्रतिस्पर्धी मूल्यमा बजारमा उपलब्ध गराएको जनाएको छ । 

यसमा ४४ एमपीको आई अटोफोकस फ्रन्ट क्यामरा जडान गरिएकोे छ भने यसमो नाइट पोटे«ट समेत समावेश गरिएको छ । भी २१ ईले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मद्दत गर्ने भिभो नेपालको विज्ञप्तिमा उल्लेख छ । यो स्मार्ट फोन अगष्ट ८ देखि १० तारिखसम्म खरिद गर्नेले लन्च अफरको रुपमा निःशुल्क इयरबड पनि जित्न सक्नेछन् । 

Advertisement

भी २१ ई मा जडित फ्रन्ट क्यामेराले विशेष अवसरहरूको फोटो लिनसक्छ । वर्तमान पुस्ताका युवाहरूका लागि परफेक्ट सहयोगी ठहरिने कम्पनीको भनाई छ । यस फोनमा रहेको विशेष सफ्टवेयर जस्तै अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, फोरके गुणस्तरको स्टेबल भिडियो प्राप्त हुन्छ । शक्तिशाली ४४ एमपीको  एफ–२.० आपेर्चरले गर्दा प्रकाश कम भएको ठाउँमा पनि रिजल्ट राम्रो दिन्छ । अनावश्यक नोइज नियन्त्रणका साथै नाइट फोटो क्याप्चर गर्नु यसको विशेषता हो भन्दै भिभो नेपालले यसले हाई क्वालिटी सफ्टवेयर र हार्डवेयरले राम्रो फोटो निकाल्न मद्दत गर्ने बताएको छ ।

भी २१ ईमा रहेको डुवल भ्यू भिडियो, स्लो मोसन सेल्फी भिडियो, फोके सेल्फी भिडियो, ८ स्टेडिफेश  सेल्फी भिडियोले प्रयोगकर्ताले चाहे जस्तो परिणाम दिनेछन् । प्रभावशाली  ६४ एमपी नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिनसक्छ । माइक्रोफोटोग्राफीमा अरु क्यामेराभन्दा राम्रो परिणाम दिन्छ । वाइड एङ्गल र विशेष कम्प्लेक्स् सट्को कम्बिनेसनले सबै प्रकारको वातावरणमा गुणस्तरिय फोटोग्राफीको अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

भी २१ ईमा क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर, आठ जीवी र्याम र १२८ जीवी रोम रहेको छ । यसमा तीन जीवी एक्सटेन्डेबल र्यामको बिशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । भी २१ ईको मूल्य ३९ हजार ९९९ निर्धारण गरिएको छ ।

Advertisement

Advertisement