साझा कार्यक्रमः कोभिड प्रभावितलाई राहतदेखि स्वास्थ्य सामग्री खरिदको अनियमितता छानविनसम्म

Advertisement

काठमाडौं ।  साक्तरुढ दलले साझा कार्यक्रम तय गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमु सार्वजनिक गरेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको गठबन्धनको कार्यदलले तयार पारेको सरकार  सञ्चालन सार्वजनिक गरिएको यस्तो कार्यक्रममा कोभिड प्रभावित क्षेत्रलाई राहत दिने, बेरोजगार यूवालाई विना धितो ऋण सहजै उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ ।

Advertisement

साना तथा मझौला ऋणीलाई प्रोत्साहन गर्नेदेखि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने र दोषीमाथि कारवाही गर्नेसम्मको घोषणा गरेको छ ।

सरकारले सार्वजनिक गरेको यस्तो कार्यक्रममा संयुक्त सरकारका प्राथमिकताका रूपमा ११ बुँदा उल्लेख छ भने संयुक्त कार्याक्रममा कोभिड १९बाट उत्पन्न महामारीबाट मुक्तिदिन जनतालाई चैतभित्रै निःशुल्क खोप दिने,  खोप उत्पादन गर्न नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्नेसम्मको कार्यक्रम तय भएको छ ।

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमतिताको छानविन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारवाही गर्ने भएको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन नियम पास गर्ने, परिमार्जन गर्नेदेखि स्वादेशी लगानी प्रोत्साहनसम्मको कार्यक्रम तय गरेको छ ।

शैंक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखेर दिइने ऋण सहज रूपमा उपलब्ध गराउनेदेखि राहत तथा पुनस्तथापनका कार्यक्रम प्रभावकारी बनाउनेसम्मका कार्यक्रमलाई सरकारले अगाडि सारेको छ ।

यस्तो छ संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको पूर्ण पाठ

 

Advertisement

Advertisement