Advertisement

काठमाडौं । महामारीपछि नेपाली आन्तरिक वायुसेवा सामान्य अवस्थामा आउन थालेका छन् । नेपाली यात्रुको आवागमन बढेको कारण विदेशी पर्यटक नआउँदा पनि नेपाली वायुसेवामा हुने आन्तरिक उडान करिब सामान्य अवस्थामा आइसकेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । 

साउन महिनामा यात्रुको गतिविधि सामान्य भएपनि भदौंदेखि अझै बढ्ने अनुमान छ । महामारी अगाडि बुद्ध एयरले प्रतिदिन तीन हजार यात्रुलाई सेवा दिने गरेको थियो । अहिले भाडा सस्तो भएकोले र वायुसेवाबीच प्रतिस्पर्धा बढेकै कारण पनि नेपालीको पहुँच बढेको बस्नेतको विश्लेषण छ ।

Advertisement

हवाई सेवा पहिले विदेशी, धनी नेपालीले मात्रै चढ्ने र जहाज भनेको विलासिताको साधन भन्ने गरिएको भएपनि पछिल्लो समय आम नेपालीले पनि प्रयोग गर्ने साधन भएको छ । बुद्ध एयरले मर्मत खर्च, सञ्चालन खर्च घटाएको, वायुसेवाको संख्या बढेको र समग्र उडानको सिट क्षमता बढ्नुका साथै महामारीपछि कम्पनी सञ्चालन गर्न मात्रै धान्ने गरी सेवा दिएका कारण पनि यो वायुसेवामार्फत हुने नेपाली यात्रुको आवागमन बढेको उनी बताउँछन् ।

बस्नेतका अनुसार महामारी अगाडि कम्तिमा एक हजार रुपियाँ हवाई भाडा महंगो थियो । अहिले त्यो सस्तो भएको कारण पनि नेपालीको पहुँच बढेको उनको भनाइ छ । 

विदेशी आउँदा र भारतीय यात्रु आउँदा डलर भाडा हुने गरेको भए पनि अहिले भने त्यो नहुँदा वायुसेवालाई खासै फाइदा छैन । नाफा नभए पनि अहिले संस्था टिकाउनु जरुरी रहेकोले महामारी नियन्त्रण आएपछि व्यापार व्यवसाय विस्तार हुने अपेच्छा गरिएको बस्नेत बताउँछन् । 

नेपाली वायुसेवाको अवस्था, बुद्ध एयरको सेवा र यसका योजनासहितका विषयमा केन्द्रित रहेर कर्पोरेट नेपालले बस्नेतसँग गरेको थप कुराकानी माथि भिडियोमा हेर्नसक्नुहुन्छः 

बुद्ध एयरले दुर्गम र अन्तर्राष्ट्रिय दुबै उडान नगर्ने, महामारीले पुर्याएको घाटापूर्ति प्राथमिकतामा राख्ने

Advertisement

Advertisement