Advertisement

बैैंकहरूको खराब कर्जा दुई प्रतिशत भन्दा कम भइरहेको छ । कृषि विकास बैंकले गत वर्षको तुलनामा १० दशमलव ८९ प्रतिशतले नाफा बढाउन सकेको छ भने यसको नाफा तीन अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपियाँ छ । कृषि विकास बैंकको वित्तीय विवरणले नै गत वर्षको तुलनामा एक प्रतिले खराव कर्जाको दर घटाएर एक दशमलव ८४ कायम गरेको छ ।

महमारीपछि बैंकको खराव कर्जा बढ्ने अनुमान गरिए पनि ऋणीहरूले इमान्दारिता पूर्वक ऋण तिरेकै कारण खराव कर्जा घटेको कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय बताउँछन् । बैंकहरूले हरेक त्रैमासमा वित्तीय विवरण पनि सार्वजनिक गरिरहेका हुन्छ । बैंकिङ क्षेत्रको कारोबार पारदर्शी हुन्छ भने यसको अवस्था सार्वजनिक नै गर्ने गरिएको उनको भनाइ छ ।

Advertisement

गत वर्ष २७ रुपियाँ भएको कृषि विकास बैंकको प्रति शेयर आम्दानी ३० रुपैयाँ ८६ पैसा पुगेको छ । प्र्रति शेयर आम्दानी ३० रुपैयाँ दिन सक्ने भनेको बजारमा अब्बल कम्पनीकै रूपमा पर्ने गर्छ । कृषि विकास बैंकको कार्यकुलशता राम्रो छ । जनशक्ति, सञ्चालक समिति, सरकार तथा नियामक निकायबाट भएको सकारात्मक सहयोग र प्रोत्साहनले नै राम्रो गर्न सकेको उपाध्याय बताउँछन्।

अहिले कृषि विकास बैंकमा ठूला व्यवसायीदेखि आम किसानसम्मलाई सेवा दिइरहेको छ । यो बैंकले नाफा तुलनात्मक रूपमा राम्रो छ । दीर्घकालिन आम्दानीको स्रोतमा पनि यो बैंकले काम गरिरहेको छ । सबैले यो बैंकलाई अब्बल बनाउन लागेका पनि छन् । बजारको प्रतिस्पर्धालाई आत्मसाथ गर्दै हामी पनि अगाडि बढेका छौं । हाम्रो बार्षिक नाफा बढाउने र प्रतफल दिने क्षमता पनि बढाउँदै गएका छौं । आगामी दिनमा अझै राम्रो हुने गरी काम गर्दै छौं ।

कृषि विकास बैैंक आम नेपालीको घर आगनको बैंक हो । यसले चालू आर्थिक वर्ष भित्रै २० हजार किसानलाई किसान कार्ड दिने भएको छ । अहिलेसम्म ६०० किसानाले किसान कार्ड पाएका छन् । महामारीको कारण ढिलाई भएको मात्रै हो । किसानलाई कार्ड दिएर मात्रै हुँदैन प्रयोग गर्न पनि सिकाउनुपर्ने हुन्छ । समग्रमा कृषि विकास बैंकले विभिन्न सेवालाई जोड्दै गएको छ ।

कृषिलाई नछोड्ने र अरुलाई जोड्ने गरी बैंक अगाडि बढिरहेको छ । कृषि विकास बैंकले दिइरहेका सेवा र बैंकिङको गतिविधिसहितका विषयमा कृषि विकास बैंकका सीईओ उपाध्यायसँग कर्पोरेट नेपालले गरेको भिडियो कुराकानी :

Advertisement

Advertisement