त्रासका कारण मुलुक छोडेर भाग्दै गरेकी अफगान महिलाले अमेरिकी विमानमै बच्चा जन्माइन

Advertisement

एजेन्सी । तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै मुलुक छोडेर बाहिरिने क्रममा एक अफगानी महिलाले उद्दारका लागि परिचालन गरिएको अमेरिकी जहाजमा नै बच्चा जन्माएकी छन् । 

ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको र जर्मनीमा विमान अवतरण हुने बित्तिकै स्वास्थ्यकर्मीहरूको टोली आएर बच्चा जन्माउन सहयोग गरेको तथ्य आइतवार सामाजिक सञ्जालमार्फत यूएस एअर मोबीलीटी कमान्डले सार्वजनिक गरेको हो ।  

Advertisement

विमानमा रहेको अवस्थामा गर्भवतीको अवस्था जटिल हुँदै गएपछि विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरिएको र यसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गरेको पनि बीबीसीले जनाएको छ । 

अहिले बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई एक अस्पतालमा लगेर थप उपचार भइरहेको छ । सरकारविहीन अवस्थामा रहेको अफगानिस्तानको अवस्था अहिले अस्थिर र त्रसितपूर्ण छ । धेरै मानिस मुलुक छोडेर भाग्ने क्रम जारी छ । अमेरिकी सेनाले उनीहरूको उद्दार गरिरहेको छ । 

Advertisement

Advertisement