न्यायालयभित्रको भ्रष्टाचार र बेथितिसम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

Advertisement

काठमाडौं । न्यायालयको भ्रष्टाचार र बेथितिसम्वन्धी अध्ययन सार्वजनिक भएको छ । अध्ययन समितिले केही हप्ताअघि बुझाएको प्रतिवेदन सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको हो । 

उक्त प्रतिवेदन अदालतको बेभसाइटमा राखिएको छ । उक्त प्रतिवेदनले औंल्याएका कुराहरू कार्यान्वयन तथा सुधार गर्न महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार काउन्सिल, नेपाल बार एसोसिएसन लगायतका सरोकारवाला निकाय तथा संस्थाहरूलाई पनि पठाइएको सर्वोच्चले जानकारी दिएको छ । 

Advertisement

न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदनमा अदालतमा न्यायाधीस नियुक्तिदेखि फैसला गर्ने कुरासम्म के कसरी भ्रष्टाचार हुन्छ ? र यसभित्र कस्ता बेथितिहरू छन् भन्नेबारे उजागर गरिएको छ । 

Advertisement

Advertisement