नेपाली धागो ‘पोलिमर यार्न’मा लागू गर्दै आएको ‘एन्टि डम्पिङ ड्युटी’ इण्डियाले हटायो

Advertisement

काठमाडौं । इण्डियाले नेपाली धागो ‘पोलिमर यार्न’मा लागू गर्दै आएको ‘एन्टि डम्पिङ ड्युटी’ हटाएको छ । यस निर्णयसँगै नेपाली उद्योगी खुशी भएका छन् । नेपाल धागो उत्पादक संघले यस निर्णयको स्वागत पनि गरेको छ । 

हाल नेपाली धागो उद्योगहरुले विदेशमा बजार खोजी आफ्नो उत्पादनको ८० प्रतिशत धागो निर्यात गरिरहेका छन् । नेपाली धागाको प्रमुख बजार इण्डिया र युरोपियन राष्ट्र टर्की रहेको छ । हालै इण्डियन बाणिज्य मन्त्रालयले यस्तो डुयुटी लागू नगर्ने सुचना निकालेको हो । 

Advertisement

इण्डियाको वाणिज्य मन्त्रालयले २०२० मे २१ मा त्यहाँको राजपत्रमार्फत सुचना जारी गरि नेपालबाट भारत निर्यात हुने धागोमा ‘एन्टि डम्पिङ ड्युटी’ लगाउने प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा नेपालको वाणिज्य मन्त्रालयका तात्कालिन सचिवद्धय चन्द्र घिमिरे र बैकुण्ठ अर्यालको निर्देशनमा समिति गठन गरि पत्राचार, भर्चुअल छलफल तथा प्रत्यक्ष कुराकानी समेत गरेपछि इण्डियाको सरकारले नेपाल बाट निर्यात हुने पोलिमर यार्नमा ड्युटि लगाउनु नपर्ने निर्णय गरि सुचना जारी गरेको संघले जनाएको छ । 

संघले यो स्वागतयोग्य निर्णय भएको र यस निर्णयले सबै धागो उद्योगहरु उत्साहित रहेको औंल्याएको छ । यही सन्दर्भमा विगतमा पनि टर्की राष्ट्र««मा धागो निकासी भइरहेकोमा टर्की सरकारले पनि २०७४ मंसिर महिनामा सर्कमभेन्सन प्रक्रिया गर्नुपर्ने भनी कार्य अगाडी बढाएको अवस्थामा नेपाल धागोे उत्पादक संघको आग्रहमा वाणिज्य मन्त्रालयबाट सहसचिव रविशंकर सैंजुको संयोजकत्वमा बार्ता टोली गठन गरी टर्की सरकारसँग कुराकानी भएपछि अवरोध हटेको थियो । 

Advertisement

Advertisement