सिम्रिकालाई कार्गो दिन चलखेल, करोडौंको कारोबार बिना प्रतिस्पर्धा दिइँदैन्ः खाद्य कम्पनी

Advertisement

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एयर कार्गो ढुवानीमा चलखेल गरेको विषय सहतमा आएको छ । कम्पनीले हुम्लाको सिमिकोटमा खाद्यान्न ढुवानीमा सिमित प्रतिस्पर्धा गराउन खोजेको र एउटा मात्रै कम्पनीलाई छनोट गर्न खोजेपछि हवाई कम्पनीले विरोध गरेका हुन । खाद्य कम्पनीले वायुसेवा कम्पनीलाई नै पन्छाउने गरी भ्याटमै दर्ता हुनु नपर्ने कम्पनीलाई भ्याटमा दर्ता मागेर प्रस्ताव माग गरेको थियो ।

हवाई कम्पनीको विरोधपछि प्यानमा दर्ता भएकालाई पनि दिने व्यवस्था त गर्यो तर पहिले नै तय भइसकेको सिम्रिका एयर कार्गो सर्भिसेजलाई कार्गो ढुवानी दिन खोजिएको र उक्त कार्गोले सिता एयरसँगको सहकार्यमा कार्गो ढुवानी गर्ने सेटिङ मिलाएर प्रस्ताव पेश गरेको थियो । प्रस्ताव १५ भदौको दिउँसो २ बजे खुला गर्नुपर्नेमा उक्त कार्गोको कागजात नमिलेको कारण अरु वायुसेवाले पनि समय मागेको भन्दै एक साताको समय थप गरेर प्रस्ताव सार्वजनिक गर्न सूचना जारी गरेको उल्लेख छ ।

Advertisement

सोही कार्गोलाई दिन खाद्य कम्पनीले निर्धारित समय भन्दा ढिलो सूचना जारी गरेर गरेर सार्वजनिक गरेको छ ।  खाद्य कम्पनीले १५ गते नै खोल्नुपर्ने प्रस्ताव १६ गते समय थप गरेको सूचनाप्रति वायुसेवा संचालक संघले आपत्ति जनाएका छन् । वायुसेवा सञ्चालक संघले खाद्य कम्पनीका पदाधिकारीले गरेको यो कामको चलखेलमा छानविन हुनुपर्ने तथा निर्धारित समयभित्रै आवेदन दिएका कम्पनीबाटै एयर कार्गो ढुवानीको प्रस्ताव खोल्नुपर्ने पनि बताएका छन् ।

वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीका अनुसार हवाई कम्पनीलाई प्यानकै आधारमा १३ भदौमा बोलापत्रमा सहभागि हुन त दिइयो तर १५ गते नै खोल्नुपर्ने प्रस्ताव खोलिएन् । एक्कासी १६ गते एक साता थप गरिएको सूचना आएको छ । यो सूचना अनधिकृत र कानूनी प्रक्रिया मिचेर आएको ठहर वायुसेवा संचालक संघले गरेको छ ।
संघले पूर्व सूचना बमोजिम निर्धारित समयमा पेश भएका शिलवन्दी कागजातहरू तोकिएको समयमा खोलेर बोलपत्रको प्रक्रियामा टुंगो लगाउन माग गरेको छ । खाद्य कम्पनीले भने  कानुन विपरित हचुवाको भरमा बोलपत्रमा बिचौलिया प्रवेश गराइरहेको दाबी वायुसेवा संघको छ । संघले निर्धारित समय पूरा गरेर थप गरिएको समय रद्द गर्न र निर्धारित मितिभित्रैबाट प्रस्ताव खोल्न माग गरेको छ ।

स्रोतका अनुसार सुर्खेतको मनोज भारतीको कम्पनी सिम्रिक एयर कार्गोलाई दिन चलखेल गरेको दाबी गरेको छ । भारतीले आफूलाई सिता एयरको मार्कोटिङ प्रमुख भनेर पनि सुर्खेतमा चिनाउने गरेका छन् । उक्त कम्पनीले यस अघि पनि खाद्य कम्पनीसँग मिलेमतो गर्ने र पटक पटक कारोबार गर्ने गरेको थियो । खाद्य व्यवस्था ताथ व्यापार कम्पनीको सुर्खेतको खाद्यको स्टेसन प्रमुख रहेका र उक्त कार्गोसँग मिलेमतो गर्ने भिमबहादुर थापा नै खाद्य कम्पनी लिमिटेको बिक्री वितरण प्रमुख छन् । उनले नै सिम्रिकाको कागजता नपुगेकोले उक्त कागजात पुर्याउन एक साताको समय थप गरेको दाबी वायुसेवा संचालक संघको बुझाई छ । सिम्रिका कार्गोले सिता एयरको जहाज प्रयोग गरेर कार्गो ढुवानी गर्छ । सिता एयरले भने यो कार्गोमा सहभागि भएको छैन् । कार्गो ढुवानीगर्नेमा सिता, समिट र तारा एयर मात्रै हुन् । समिट र ताराले भने प्रस्ताव पेश गरेका छन् ।

करोडको कारोबार गर्न बिना प्रतिस्पर्धा दिन सकिदैनः खाद्य कम्पनी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन प्रकाश चन्दले कार्गो ढुवानी सेवा बिना प्रतिस्पर्धा दिन नसकिने बताएका छन् । उनका अनुसार भ्याटमा दर्ता हुनुपर्ने कम्पनीलाई नै कार्गो ढुवानीको जिम्मा दिने भने र सूचना निकालिएको भएपनि वायुसेवा भ्याट फ्रि हुने जानकारी आएपनि वायुसेवालाई पनि प्रस्ताव हाल्न दिइएको हो । वायुसेवा कम्पनीले आन्तरिक राजस्वदेखि अख्तियार र मिडियामासम्म गएर बदनाम मात्रै गर्न खोजेकोले उहाँहरुलाई समावेश गरिएको चन्दले बताए ।

चन्दका अनुसार कम्पनीले ‘ढुवानी सेवामा मूल्य अभिबृभिद्धि कर कार्यान्वयन गर्ने निर्देशिका’ २०७६ आएको र सोही अनुसार गर्न खोजिएको बताए । उनले भने ‘त्यो निर्देशिका अनुसार भ्याट तिनुपर्ने भन्ने व्यवस्था गरिएको थियो तर राज्य व्यवस्थाले सम्पूर्ण सुविधा सम्पन्न गरिदिएको, जति ढुवानी गरेपनि हुने र करोडौको कारोबारमा पनि कर तिर्नुपर्ने व्यवस्था गरेको रहेछ ।’ 
खाद्य कम्पनीका अनुसार आन्तरिक राजश्वले जारी गरेकै निर्देशिका अनुसार वायुसेवा सहभागि हुन नपाएपछि पुनः आन्तरिक निर्देशिका जारी गरेर वायुसेवालाई सहभागि गराइएको हो । तर, पनि उहाहरूले समय थप गर्न माग गरेको र केही कार्गो तथा वायुसेवाले थप समय मागेकोले १५ गते बिहानै एक साताको सूचना दिएको हो । तर सूचना टाँस गरेर सार्वजनिक गर्दा ढिलो भएको हुनसक्ने बुझाई चन्दको छ ।

चन्दले योग्यता मागेको र जुन कम्पनी योग्य हुन्छ उसैलाई दिने बताए । उनले यो र त्यो कम्पनीलाई दिन नखोजिएको पनि तर्क गरे । वायुसेवाले कर तिर्नु नपर्ने, करोडौको कारोबार बिना प्रतिस्पर्धा दिन नसकिने भएकोले प्रक्रिया पुराउनैपर्ने व्यवस्था गराएको चन्द बताउछन् । चन्द वायुसेवाल विदेशी आउँदा डलर फेयरमा मात्रै काम गर्ने, खाद्यान्न नबोक्ने र हाहाकार मच्चाउनेसम्म गरेको पनि बतउँछन् । उहाँरूलाई सहजीकरण गरेर सेवा दिँदा र प्रतिस्पर्धाबाट ढुवानी गर्न खोज्दा चाहिँ किन चित्त बुझेन ? चन्दले भने ।

दुर्गम क्षेत्रको खाद्यान्न ढुवानीमा सिण्डिकेट ! वायुसेवाको व्यापार खोसेर कार्गो एजेन्टलाई दिंइदै

खाद्य तथा व्यापार कम्पनी लिमिटडेटले जारी गरेको सूचना

Advertisement

Advertisement