नेपाल बैंकका कर्मचारीसहित ३ जना बिरुद्ध ४२ लाख रुपियाँको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौं । नेपाल बैंकका कर्मचारी सहित  तीन जना बिरुद्ध ४२ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्ला स्थित नेपाल बैंक मंलगवा शाखाका सहायक पदमा कार्यरत सन्तोषबिक्रम साहसमेत ३ जना बिरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दर्ता गरेको हो । 

Advertisement

आयोगका प्रवक्ता नारायणप्राद रिसालका अनुसार साहसहित अनिल गुप्ता र शिवनन्दन पासवान बिरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।  

लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंकको मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपियाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दर्ता गरेको अख्तियारद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 
 

Advertisement

Advertisement