स्थानीय तहमा पर्यटन पूर्वाधार बनाउने भन्दै पैसा बाँड्न सुरु, ४५ मा बाँडियो, बाँकीलाई भदौभित्रै

Advertisement

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा पर्यटन पूर्वाधार बनाउन सरकारी अनुदानको रकम बाँड्न थालेको छ । सम्बन्धित स्थानीय तह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहलाई सरकारले अनुदान रकम दिन थालेको हो ।

यस्तो अनुदान रकम साझेदारी कार्यक्रमका लागि सम्झौता भएका स्थानीय तहलाई पर्यटन मन्त्रालयले १७ भदौको निर्णयबाट पहिलो किस्तावापतको रकम निकासा दिएको जानकारी दिएको छ । बाँकी स्थानीय तहले यस्तो रकम पाउन ३० भदौभित्रै पहिलो किस्ताको रकम लिन बोलपत्र आव्हानको प्रतिलिपि, स्वीकृति लागत अनुमान, ठेक्का सम्झोता, कार्यादेशको प्रतिलिपि पठाउनुपर्ने भएको छ ।

Advertisement

पर्यटन मन्त्रालयका अनुसार असार २०७८ मा संलग्न सूची बमोजिम ४५ वटा स्थानीय तहमा पहिलो किस्ता निकासा भएको छ । उक्त सूचीमा सूचिकृत स्थानीय तहले निकासा भुक्तानी लिएको भए लिएको विवरण तथा लिन नसकेको भए फ्रिज भएको रकमको प्रमाणसहित जानकारी गराउनुहुन पनि मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई अनुरोध गरेको छ ।

धरैजसो स्थानीय तहबाट खरिद कार्य सम्पन्न गर्दा बचत हुने रकमबाट अर्को खरिद प्रक्रिया गर्न खोजिने गरिएको छ । एउटा काम गर्दा बचत भएको रकमबाट थप कार्य गर्न नपाइने र यस्तो कार्य गरेको अवस्थामा थप रकम आवश्यक भए नेपाल सरकारबाट निकाशा नहुने पनि स्पष्ट पारेको छ ।

मन्त्रालयले स्थानीय तहसँग गरेको यस्तो सम्झौता अनुसार मठमन्दिर, पर्यटकीय वसपार्क, पदमार्ग, पर्यटकीय स्थल, सांस्कृतिक संग्राहालय, स्मृति पार्क, शिवमन्दिर, बोलबम क्षेत्र विकास परियोजना, भ्यूटवर, पर्यटकीय आवास गृह, सहिद स्मृति पार्क, पिकनिक स्थल, जातिय संग्राहलय, चिड्रेन पार्कसहितका योजना तय भएको छ । यस्तो योजनामा अधिांश योजन पदमार्ग निर्मा, संग्राहालय, मठमन्दिर, पर्यटक आवास गृह, पिकनिक स्थल तथा धार्मिक स्थल रहेको पनि उल्लेख छ । 

यस्तो छ, ४५ स्थानीय तहमा निर्माण हुने पर्यटन पूर्वाधारका योजनाहरू 

पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव, ३३ अर्ब १ करोड ८१ लाख माग

Advertisement

Advertisement