आईक्यानमा नयाँ परिषद गठन, को को भए निर्वाचित ?

Advertisement

काठमाडौं । लेखा व्यवसायीहरूको संस्था इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट नेपाल (आईक्यान)को नवौं परिषद्को पार्षदहरू निर्वाचित भएका छन् । निर्वाचित हुनेमा चार्टर्ड एकाउन्टेन्ट (सीए)बाट १० जना र रजिष्र्टर्ड अडिटर (आरए)बाट चार जना रहेका छन् । 

कुल १७ सदस्यीय परिषद्मा बाँकी तीन जना सरकारले मनोनित गर्नेछ । आरएबाट पार्षद निर्वाचित हुनेहरूमा सन्तोष काफ्ले, भास्करसिंह लाला, युद्धराज ओली, क्षेत्रगोपाल प्रधान, सुजन काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, नियुष आनन्द, प्रविणकुमार झा छन् । 

Advertisement

त्यस्तै आरएबाट निर्वाचित पार्षदहरूमा भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली, केशबहादुर केसी छन् । नवनिर्वाचित परिषद बैठकले नयाँ अध्यक्ष र उपाध्यक्ष चयन गर्नेछ । तर अध्यक्ष हुन आरए र मनोनितले नपाउने विभेदपूर्ण व्यवस्था आईक्यानमा देखिन्छ जुन व्यवस्था हटाउन आरएहरूले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । 

Advertisement

Advertisement