अफगानिस्तानमा नयाँ सरकार बन्न नपाउँदै अमेरिकाको आलोचना

Advertisement

एजेन्सी । अफगानिस्तानमा तालिबानको नयाँ सरकार बन्न नपाउँदै अमेरिकाले कडा आलोचना गरेको छ । आफ्ना फौजमाथि आक्रमण गर्नेलाई राखेर नयाँ सरकार बनाएको भन्दै अमेरिकाले तालिवानको आलोचना गरेको हो । 

संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुँदैछन् । अमेरिकी एफबीआईको सूचीमा भएका सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुँदैछन्।

Advertisement

तालिबानले अफगानिस्तानको राजधानी काबुलसमेत आफ्नो नियन्त्रण लिएको तीन सातापछि नयाँ सरकारका सदस्यहरूको नाम घोषणा गरिएको हो । अमेरिकी सांसदका मतिपय सदस्यले अफगानिस्तानको नयाँ सरकार ठग र कसाईहरूको समूह भनेका छन् । 

अमेरिकी विदेश मन्त्रालयले पनि अफगानी नयाँ सरकारका सदस्यहरूप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्री हुन लागेका मुल्लाह मोहम्मद हसन अखुन्दले विदेशी नागरिक र यात्रा कागजात भएका अफगान नागरिकलाई सुरक्षित मार्ग दिने र अफगानिस्तानबाट हवाई उडानहरू गर्न दिने बताएका छन् । 

Advertisement

Advertisement