नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल डिसहोम एक्सन स्पोर्ट्समा हेर्न सकिने

Advertisement

काठमाडौं । दशरथ रंगशालमा बिहिबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रतक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहिबार प्रतक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डीहोम अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे ।

Advertisement

सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त रकम डिस होम एक्सन स्पोटर््स र एन्फाले ५०–५० प्रतिशत बाँड्नेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले डिम होमले विश्वकप, युरोकप र स्पेनिस ला लिगा देखि देशका दुर दराजमा हँदै आएको घरेलु फुटबल प्रतक्ष प्रसारण गरेर आफ्नो छुट्टै पहिचान बनाएको बताए । ‘एन्फासँगको यस सहकार्य आगामी दिनमा पनि निरन्तर दिन चाहन्छौं । एन्फासँगको सहकार्य यो सुरुवात मात्र हो । भविष्यमा हाम्रो सम्बन्ध यो भन्दा माथिको हुनेछ,’ पाण्डेले भने ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महिला फुटबलको प्रतक्ष प्रसारण डिसहोम एस्कसन स्पोटर््सबाट गर्न पाउनु खुशीको क्षण भएको बताए । ‘महिला फुटबललाई पनि देश विदेशका दर्शकसामु पु¥याउने हाम्रो लक्ष्य हो । अन्तिम क्षणमा आएर हामी सम्झौता गर्न सफल भएका छौं । यो आर्थिक रुपले भन्दा एन्फा र डिसहोमको सामाजिक उत्तरदायित्वसँग सम्बन्धित छ,’ शेर्पाले भने ।

नेपाली महिला टोलीले एएफसी महिला एसियन कप २०२२ को तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । छनोट खेलमा ९ दिनपछि उज्वेकिस्तानमा हुँदैछ । नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोली सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा सहभागी बन्नेछ ।

Advertisement

Advertisement