भक्तवीर सिंह फाउन्डेशन स्थापना, को-को छन् कार्यसमितिमा ?

Advertisement

काठमाडौं । कुशे औंसीको दिन भक्त वीर सिंह फाउन्डेशन स्थापना भएको छ । लक्ष्मी देवि तुलाधरको संरक्षकत्वमा संस्थापित उक्त संस्थामा राजेश वीर सिंह तुलाधर, सपना साख, रिता सिंह, सरोज भक्त अमात्य, कमलप्रसाद सिटौला, सुरज सिंह ठकुरी, निलराज पौडेल, अभनिश वीर सिंह तुलाधर सहितको कार्य समिति रहेको छ । 

कमलादी स्थित भक्त वीर सिंह फाण्डेशनको रजिष्टर्ड कार्यालयमा माइती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाले उक्त फाण्डेशनको उदुघाटन गरेकी हुन् । भक्त वीरका पुत्र राजेश विर सिंह तुलाधरले भने आफ्ना दिवंगत बुवा भक्त विर सिंह तुलाधरको स्मृतिमा परिवारका सदस्यहरुलाई समेत समेटेर फाण्डेशन संस्थापना गरी कुशे औंसीको विशेष दिनमा उद्घाटन गरिएको हो । बुवाकै नाममा फाउण्डेशन संचालन गरेर बुवाको समाजसेवी कार्यलाई अनुशरण गर्दै आफ्नो जीवनभर समाजोपयोगी कार्य गर्ने तत्परता राजेश वीरले देखाएका छन् ।

Advertisement

उक्त अवसरमा फाण्डेशनको तर्फबाट ग्रामीण भेगका महिलाहरुको समस्या बुझेर दश थान सेनिटरी प्याड भेन्डिङ मेशिन माइती नेपाललाई निःशुल्क उपलब्ध गराइएको थियो । फाण्डेशनको यो सहयोगको सराहाना गर्दै कोइरालाले महिलालाई महिनावारीको समयमा आइपर्ने समस्या समाधान गर्न ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै गरिन् । उक्त मेशिन माइती नेपालका सदस्यहरु मार्फत ग्रामीण भेगमा पुर्याई त्यहाँका महिला दिदी बहिनीहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने कोइरालाले बताइन् । 

मुनाफा रहित, जनहितकारी, सेवामुलक उक्त फाण्डेशनले देशका ग्रामिण तथा दुर्गम क्षेत्रका बालबालिकाहरुलाई शैक्षिक सामाग्री, स्वास्थ्य तथा आवश्यक अन्य सामाग्री उपलब्ध गराउने, जेष्ठ नागरिकहरुलाई आवास, भोजन तथा स्वास्थ्य सेवा उपलब्ध गर्ने तथा गराउने, विभिन्न रोगबाट पिडित तथा ग्रसित, आर्थिक तथा सामाजिक रुपमा असहाय र गरीब परिवारका बालबालिकाहरुको स्वास्थ्य उपचारमा आवाश्यक सहयोग गर्ने, विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमहरु आयोजना गर्ने, विभिन्न खालका महामारी विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने, गराउने,जेष्ठ नागरिक, असाहय, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापनको लागि आवास गृह निर्माण गर्ने लगायतका जनहितकारी कार्य गर्ने फाण्डेशनका अध्यक्ष राजेश वीरले जानकारी दिए ।

आफ्ना पिता भक्त वीरले समाजसेवी भावनाले गरेका समाजिक कार्यलाई जीवन्त राख्न बुवाको नाममा फाण्डेशन संस्थापना गरिएको उनले बताए । नेपाल लिक्योरका संस्थापक भक्त वीरले आफ्नो जीवनकालमा व्यवसायिक जिम्मेवारीको साथसाथै आफ्नो सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै कमलादी गणेश मन्दिरमा सुनौलो गजुर जडान, रातो मछिन्द्रनाथको स्नान स्थलको निर्माण, आरसिसी फुटवल क्लवको स्थापना लगायतका धेरै सामाजिक र परोपकारी कार्य गरि आफूलाई एक सफल व्यवसायीको साथसाथै एक उदाहरणीय समाजसेवीको रुपमा पनि परिचित गराएका थिए । 

Advertisement

Advertisement