नयाँ अन्तरिम सरकार बनेसँगै चीनद्धारा अफगानिस्तानलाई अनुदान सहयोग घोषणा

Advertisement

एजेन्सी । सत्ता कब्जा गरेर विद्रोही तालिवानले नयाँ सरकार घोषणा गरेलगत्तै चीनले अफगानिस्तानका लागि तीन करोड १० लाख (तीन अर्ब ६४ करोड ८३ लाख रुपियाँ) बराबरको सहयोगको घोषणा गरेको छ । 

अमेरिकासहित पश्चिमा राष्ट्रले तालिवानको नयाँ सरकारलाई अनुमोदन गर्न नमानिरहेको बेला चीनले भने नयाँ सरकारलाई अनुदान सहायत घोषणा गरेर मौन अनुमोदन गरेको छ । 

Advertisement

चीनको यो सहयोग खानेकुरादेखि कोरोनाभाइरस विरुद्धको खोपसम्ममा खर्च हुनेछ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अमेरिकी सैनिकहरू सम्पूर्णरुपमा उक्त देशबाट फिर्ता भइसकेका छन् । तालिवानको कब्जालाई रुस र चीनले समर्थन जनाएका छन् । 

साथै, चीनले तालिबान सरकारसँग सम्बन्ध कायम राख्न आफू तयार रहेको बताएको छ । नयाँ अन्तरिम सरकारको स्थापना अफगानिस्तानमा शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम भन्दै उसले प्रतिक्रिया पनि दिएको छ । 

चीनका विदेशमन्त्री वाङ्ग यीले बुधवार अफगानिस्तानका लागि सहायताको घोषणा गरेका हुन् । उनले अफगानिस्तानका छिमेकी देशहरूलाई पनि सहयोग गर्न आह्वान गरेका छन् । साथै, यीले अफगानिस्तानका लागि ३० लाख डोज कोभिड खोप उपलब्ध गराउने पनि बताएका छन् ।

Advertisement

Advertisement