कोभिड प्रभावित पर्यटन व्यवसायीलाई राहत, दुई वर्षसम्म ब्याज तथा जरिवाना नलाग्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित पर्यटन व्यवसायलाई ठूलो राहत प्रदान गरेको छ । ऋण लिएर व्यापार व्यवसाय गरेका पर्यटन क्षेत्र अन्तर्गतका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा सहितका वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई राहत स्वरूप ऋणको व्याज मिनाहा गरेको हो ।

उक्त व्यवसायीलाई परेको कोभिडको असर मूल्यांकन गरेर २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वलाई छुट्टै हिसाव राखेर दुई वर्षसम्म कम्तिमा चार किस्तामा तिर्न पाइने सुविधा दिएको छ । यस्ता ऋणीको ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याजसमेन नलाग्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

Advertisement

ठूला होटल तथा ऋण लिएका व्यवसायीलाई लाभ
होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यका अनुसार ठूला होटल तथा ऋण लिएर व्यापार व्यवसाय गरेका अन्य ठूला पर्यटन व्यवसायीलाई राष्ट्र बैंकको यो व्यवस्थाले ठूलो राहत दिएको छ । व्यवसाय ठप्प भएको बेला कसरी पेशा जोगाउने, कसरी आफू टिक्ने र कर्मचारी तथा पर्यटन क्षेत्र जोगाउने भन्ने तनाब भएका व्यवसायीलाई यो व्यवस्थाले निकै राम्रो गरेको बुझाई पनि हानका महासचिव शाक्यको छ ।

उनका अनुुसार पर्यटनमा होटल क्षेत्रबाट धेरैले ऋण लिएको हुनाले  यो ब्यबस्थाले ठूला होटलाई मात्रै लाभ हुन्छ । ठूला होटलहरूले नै पर्यटन क्षेत्रमा गएको ऋणमध्ये अधिकांश हिस्सा ओगट्ने गरी ऋण लिएका छन् । ठूला होटलले पुनकर्जाको सुविधा पनि पाइसकेका छन् । २०७८ असार मसान्तसम्ममा पर्यटन क्षेत्रले मात्रै २१ अर्ब ८० करोड रुपियाँ पुनरकर्जा लिएका छन् । यही क्षेत्रका ऋणीले साउनमा मात्रै थप ८९ करोड रुपियाँ थप पुनरकर्जा पाइसकेका छन् ।

राष्ट्र बैंकको साउनसम्मको तथ्यांक अनुसार पर्यटन क्षेत्रले एक खर्ब ८६ अर्ब रुपियाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । यस्तो ऋण चालू आवको पहिलो महिना साउनमै २३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका पर्यटन क्षेत्रका ऋणीलाई राष्ट्र बैंकले राहत दिएकोमा ऋण पाउने पर्यटन व्यवासायी उत्साहित पनि छन् ।

ठूला पर्यटन व्यवसायीले ऋण लिएका, पुनरकर्जा पाएका र राष्ट्र बैंकबाट ऋण तिर्न सहुलियत तथा राहत पनि पाएको भएपनि साना व्यवसायीले भने यस्तो सुबिधा केही पाएका छैनन् । सानाले पनि राहत पाउनुपर्ने आवाज पर्यटन व्यवसायीले उठाएका छन् । व्यवसायीहरूका अनुसार सानाले ऋण नै लिएका नहुने हुँदा ठूला व्यवसायीलाई मात्रै राहत हुँदा साना व्यवसायी मर्कामा परेको भन्दै आवश्यक राहत र व्यवसायिक सहजीकरणको माग गरेका छन् ।

यस्तो छ, निर्देशन 

 

Advertisement

Advertisement