काठमाडौं । एक महिनामै २७ वटा वाणिज्य बैंकबाट करिब ८० अर्ब रुपैयाँ निक्षेप घटेको देखिएको छ । २७ वटा वाणिज्य बैंकसँग असार मसान्तसम्ममा ४२ खर्ब ४ अर्ब रुपियाँ रहेको निक्षप संकलन साउन मसान्तसम्ममा आइपुग्दा ७९ अर्ब ३१ करोड रुपियाँले घटेको छ । साउनमा यस्तो निक्षेप ४१ खर्ब २५ अर्ब रुपियाँमा झरेको नपाल बैंकर्स संघले जारी गरेको तथ्यांमा उल्लेख छ ।
साउन महिनामा निक्षेप संकलन बढाउनेमा जम्मा १० वाणिज्य बैंक छन् भने बाँकी १७ वटाको बैंकको निक्षेप संकलन घटेको छ । साउनसम्ममा सबै भन्दा धेरै निक्षेप संकलन गर्नेमा सिटिजन्स बैंक छ । सिटिजन्स बैंकले चार अर्ब २७ करोड रुपियाँ निक्षेप बढाउन सकोके छ ।
निक्षेप संकलन सबै भन्दा धेरै बढाउने दोस्रोमा कुमारी बैंक रहेको छ । यस बैंकले यस अवधिसम्म आउदा ४ अर्ब २४ करोड रुपियाँ निक्षेप बढाएको छ । नेपाल एसबीआई, एनआईसी एशिया, सनराइज, सिभिल, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, एनएमबी र सेञ्चुरी बैंकको पनि निक्षेप बढेको संघले जारी गरेको तथ्यांकले देखाएको छ ।
साउन महिनामा सबै भन्दा बढि निक्षेप संकलन राष्ट्रिय वाणिज्य बैंकको घटेको छ । यस बैंंकको साउनसम्मा २९ अर्ब रुपियाँ निक्षेप संकलन घटेको छ । यस अवधिसम्म आउदा सबै भन्दा धेरै निक्षेप संकलन घट्नेमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ । यस बैंकको निक्षेप संकलन यस अवभिसम्म आउदा १० अर्ब रुपियाँले घटेको संघले जनाएको छ । यस अवधिसम्म प्रभु बैंकको निक्षेप पनि नौ अर्ब रुपियाँले घटेको छ ।
कुन बैंकको निक्षेप संकलन कति ?
Bank | Asar 2078 | Saun 2078 | Growth | Change |
Citizen | 143,003 | 147,279 | 4,276 | 3.0% |
Kumari | 157,178 | 161,421 | 4,243 | 2.7% |
NSBI | 106,217 | 110,074 | 3,856 | 3.6% |
NIC | 300,252 | 302,889 | 2,637 | 0.9% |
Sunrise | 110,181 | 112,443 | 2,261 | 2.1% |
CBL | 90,345 | 91,885 | 1,540 | 1.7% |
NIBL | 176,047 | 177,014 | 967 | 0.5% |
SBL | 185,197 | 185,650 | 453 | 0.2% |
NMB | 166,454 | 166,622 | 169 | 0.1% |
Century | 97,031 | 97,104 | 72 | 0.1% |
Sanima | 130,882 | 129,922 | (960) | -0.7% |
SCBNL | 95,991 | 94,814 | (1,177) | -1.2% |
BOK | 104,324 | 102,938 | (1,386) | -1.3% |
Mega | 145,291 | 143,638 | (1,654) | -1.1% |
Laxmi | 117,604 | 115,035 | (2,569) | -2.2% |
HBL | 149,382 | 146,622 | (2,760) | -1.8% |
NABIL | 228,018 | 225,083 | (2,935) | -1.3% |
Global | 283,349 | 279,360 | (3,989) | -1.4% |
NCC | 110,801 | 106,744 | (4,057) | -3.7% |
EBL | 160,899 | 156,830 | (4,069) | -2.5% |
MBL | 134,486 | 130,114 | (4,372) | -3.3% |
ADBNL | 162,966 | 156,274 | (6,692) | -4.1% |
NBBL | 89,383 | 82,619 | (6,764) | -7.6% |
Prime | 160,190 | 152,893 | (7,298) | -4.6% |
Prabhu | 169,727 | 160,154 | (9,573) | -5.6% |
NBL | 163,552 | 153,355 | (10,197) | -6.2% |
RBB | 266,160 | 236,823 | (29,337) | -11.0% |
Total | 4,204,913 | 4,125,598 | (79,315) | -1.9% |
ब्याजदर बढ्ने संकेत
साउन महिना यता बैंकहरुमा लगातार निक्षेप घटेको छ । बैंकहरुको निक्षेप घटेको र कर्जा बढेसँगै तरलताको अभाव हुँदै गएको छ । बैंकरहरुले असोजदेखि निक्षेप तथा कर्जाको ब्याजदर बढ्न सक्ने अनुमान लगाएका छन् । बैंकहरुले असोजमा लागु हुने ब्याजदरको विवरण भदौ मसान्तभित्रै सार्वजनिक गर्नुपर्छ । राष्ट्र बैंकले अघिल्लो महिनाको मसान्तमा नै पछिल्लो महिनामा लागू हुने बैंक ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसमा केही बैंकहरुले ब्याजदर बढाउन सक्ने राष्ट्र बैंकको अनुमान छ । अहिले राष्ट्र बैंकसंग लगभग २२ अर्ब रुपियाँ तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउछन् । उनी भन्छन्, ‘अहिले निक्षेप संकलन घटेर कर्जा लगानी बढ्दा बैंकको तरलतामा दवाव परेको छ । यस्ले गर्दा बैंकहरुले आगामी महिनामा ब्याजदर नबढाउलान भन्न सकिन्न ।’