बीमा जागरण कार्यक्रम: असोजबाट ‘युवासँग महालक्ष्मी लाईफ’ अभियान सञ्चालन गरिंदै

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘युवासंग महालक्ष्मी लाईफ’ राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । 

कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकले असोज महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । दुई वर्षे यस अभियानमा आव २०७८/७९ भित्र २५ वटा जिल्ला र आव २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ ।

Advertisement

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ । ‘काम गरी आय आर्जन गर-बीमा गरी सुरक्षित बन’  भन्ने मूल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 
 
प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा  अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । 

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन । यही असोजको पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको सीईओ रमेशकुमार भट्टराईले बताए । 

Advertisement

Advertisement