विकास बैंकहरूको एक महिनाको कमाई कस्को कति ? छ वटा बाणिज्य बैंकभन्दा मुक्तिनाथ अगाडि

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षका २०७८/८९ को पहिलो महिनामा विकास बैंकहरूले ६६ करोड ३६ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । जसमा सबैभन्दा धेरै नाफा कमाउन सफल मुक्तिनाथ विकास बैंक रहेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मुक्तिनाथले गएको साउन महिनामा छ वटा बाणिज्य बैंकहरूलाई पछि पार्दै खुद नाफा आर्जन गर्न सफल भएको छ । साउनमा यो विकास बैंकले १४ करोड १४ लाख रुपियाँ खुद नाफा गरेको छ जुन राष्ट्रिय वाणिज्य बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, सिभिल र हिमालयन बैंकले सोही महिनामा गरेको खुद नाफाभन्दा धेरै हो । 

Advertisement

साउनमा सबैभन्दा थोरै नाफा कमाउने बैंक सिन्धु विकास बैंक रहेको छ । यो बैंकले यस महिनामा २२ लाख रुपियाँ नाफा कमाएको छ ।  

कुन विकास बैंकले कति नाफा कमाए ?
गएको महिनामा ज्योति विकास बैंकले नौं करोड ६७ लाख रुपियाँ नाफा आर्जन गरेको छ । ज्योतिको यो नाफा मुक्तिनाथपछिको धेरै हो ।  

सबै भन्दा धेरै नाफा कमाउने तेस्रो विकास बैंकमा साईन रेसूङ्गा विकास बैंक रहेको छ । यस बैंकले आठ करोड सात लाख रुपियाँ नाफा कमाएको छ । यस्तै, महालक्ष्मी विकास बैंकले छ करोड ९५ लाख रुपियाँ नाफा आर्जन गरेको छ । 

विकास बैंकको नाफा रु लाखमा 

Bank name Profit 
Muktinath  1415
Jyoti 967
Shine Resunga  807
Mahalxmi  695
Kamana 658
Lumbini  645
Garima  645
Shangrila 359
Excel development  168
Miteri development  95
Karnali  62
Saptakoshi  61
Green  development  37
Sindhu bikas  22
Narayani  0
Corporate  0
Sahara  0
Salapa  0
Total Profit  6636


 

Advertisement

Advertisement