साल्ट्र ट्रेडिङले मनायो ५९औं बार्षिकोत्सव

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आइतबार आफ्नो ५९औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसईई परीषामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरियो । 

संस्थानका अध्यक्ष लक्ष्मीदास मानन्दरले उनीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै उनले बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन र आपूर्ति व्यवस्था सहज बनाउन साल्ट ट्रेडिङले हरप्रयास गर्दै आएको बताए । 

Advertisement

संस्थानकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम जनतालाई सुपथ र सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरू उपलब्ध गराउँँदै आएको बताए । कर्पोरेशनले आपूर्ति र विवरण क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उनको दावी छ । श्रेष्ठले कोभिड र निषेधाज्ञाको समयमा पनि आफूहरूले उपभोक्ताको घरदैलोमा अत्यावश्यक वस्तु पुर्याएको सुनाइन । 

Advertisement

Advertisement