मोटरसाइकल विद्युतीय हुनुपर्छ, विद्युतीयलाई प्रोत्साहन गर्न कर बढाएँः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारीको प्रयोग बढाउन मोटरसाइकलमा कर बढाएको जिकिर प्रस्तुत गरेका छन् । 

अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले देशभित्र विद्युतीय सवारी साधन बढाउने, सार्वजनिक सवारी साधन पनि विद्युतीय बनाउँदै लैजाने सरकारी नीति रहेकाले त्यसलाई कार्यान्वयन गर्न मोटरसाइकलमा कर बढाएको तर्कमा जोड दिएका छन् । 

Advertisement

बढी सीसीका मोटरसाइकलमा कर बढ्नुलाई विद्युतीय सवारी साधनको प्रोत्साहनस्वरुप भएको शर्माको भनाई छ । उनले भने, ‘मोटरसाइकलसमेत विद्युतीय होउन भन्ने सरकारको चाहना छ ।’

अर्थमन्त्रीले बजेट प्रतिस्थापन विधेयकमार्फत १२५ सीसीदेखि १५५ सीसीसम्मको मोटरसाईकलमा १० प्रतिशतसम्म कर बढाएको छ । 

Advertisement

Advertisement