डिशहोमबाट सीडब्लूसी लिग २ ट्रिनेशन सिरिज प्रत्यक्ष प्रशारण हुने (खेल तालिकासहित)

Advertisement

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय सीडब्लूसी लिग२ त्रिनेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

Advertisement

उक्त सीडब्लूसी लिग२ त्रिनेशन सिरिजका छ वटा म्याचहरु भदौ २८ गतेदेखि असोज ४ गते सम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस एचडी१ र र डिशहोम जीओ ओटीटी एप मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

यस्तो छ खेल तालिकाः 
नेपाल र अमेरिकाबीच भदौ २८ गते, ओमान र नेपालबीच २९ गते, ओमान र अमेरिकाबीच ३१ गते, नेपाल र अमेरिकाबीच असोज १ गते, ओमान र नेपालबीच असोज ३ गते र ओमान र अमेरिकाबीच असोज ४ गते खेल हुने छ । सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४ः१५ बजे ओमानको अल अमेर्याट क्रिकेट रंगशाला मस्कटबाट प्रत्यक्ष प्रशारण हुने छ ।

Advertisement

Advertisement