सहुलियतपूर्ण कर्जा सित्तै पाए जस्तो
–डा.भागवत आचार्य

Advertisement

काठमाडौं । सस्तो छ है सहुलियत कर्जा अति सस्तो 
व्यवसाय गर्ने रकम सित्तै पाए जस्तो ।

सहुलियत कर्जा लिए व्याज थोरै पर्छ 
अधिकांश व्याज सरकारले नै तिरिदिन्छ
युवालाई नारी, दलित, शिक्षित उद्यमीलाई 
विदेशबाट फर्की काम खोज्ने युवालाई ।

Advertisement

उद्यम गर्न रकम चाहिए मिल्छ साह्रै सस्तो 
अति थोरै व्याज पर्दा सित्तै पाए जस्तो ।

सीप बढाउन उद्यम गर्न बैंकले कर्जा दिने 
इमानी ती उद्यमीलाई धितो विनै मिल्ने 
उद्यम गरी जीवन समृद्धिको शिर चढाऔँ 
आय बढाई आफ्नु जीवन उज्यालो बनाऔँ ।

योजना साथ बैंकमा गए, मिल्छ कर्जा सस्तो 
व्यवसाय गर्ने रकम सित्तै पाए जस्तो ।

Advertisement

Advertisement