राष्ट्र बैंकले दशैँतिहारमा २ खर्बका नयाँ नोट सटही गर्ने, सर्वसाधारणले कहिलेबाट पाउँछन् ?

Advertisement

काठमाडौं । चाडपर्व लक्षित गरेर राष्ट्र बैंकले असोज  ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले सर्वसाधरणको लागि ४ गतेदेखि असोज २४ गतेसम्म नयाँ नोट वितरण गर्न लागको हो । बैंक तथा वित्तीय संस्थालाई भने बैंकले एक साता अगाडिबाटै नयाँ नोट दिन थालेको राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले कर्पोरेट नेपाललाई बताए ।

राष्ट्र बैंकले दशैँतिहार लक्षित गरी २ खर्ब रुपियाँ बराबरका नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले बैंकहरुलाई भने एक साता अघिदेखि नयाँ नोट दिन थालेका छ । सर्वसाधारणका लागि भने असोज ४ गतेदेखि वितरण हुने नेपाल बताउछन् । 

Advertisement

राष्ट्र बैंकले काठमाडौं उपत्यकाको हकमा केन्द्रीय कार्यालय बालुवाटारबाट नोट वितरण गर्ने छ । साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपियाँ वितरण गरिने नेपालले बताए । संस्थागत प्रयोजनका लागि भने राष्ट्र बैंकले दुई करोडदेखि पाँच करोड रुपियाँसम्म नयाँ तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था रहेको उनको भनाई छ  ।

बैंकहरुले आफू अनुकुल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी वा घटी नयाँ नोट वितरण गर्न सक्ने छन् । राष्ट्र बैंकले गत वर्षको चाडवाडमा कोरोना महामारीको कारण नयाँ नोट वितरण गरेको थिएन । तर, गत वर्ष नयाँ नोट नपाउँदा सर्वसाधारणबाट गुनासो आएको हुँदा स्वास्थ्य मापदण्ड लगाइ नयाँ नोट वितरण गर्ने उनले बताए ।

उनी भन्छन्, ‘कोरोना महामारीको कारण हुने भिडभाडलाई कम गर्न राष्ट्र बैंकले अघिल्ला वर्षहरुमा भन्दा अगाडि नै नोट वितरण गर्न थालेका हो । अन्य समयमा नौरथा लागेपछिमात्र नयाँ नोट वितरण गर्ने गरिन्थ्यो ।’

Advertisement

Advertisement