महामारीको उडानमा यात्रुसँग दोब्बर बढी भाडा,  तीन वायुसेवासँग नौ ट्राभल एजेन्सीको मिलेमतो

Advertisement

काठमाडौं । महामारीका बेला एक स्वदेशी र दुई विदेशी वायुसेवा कम्पनीले गरेको चार्टर उडानमा यात्रुसँग दोब्बरभन्दा बढी भाडा लिएर ठगी गरेको पाइएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा गठित छानविन समितिले बुझाएको प्रतिवेदनमा तीन वायुसेवासँग नौ ट्राभल एजेन्सीको मिलेमतोमा ठगी गरेको औंल्याएको छ । 

Advertisement

कर्पोरेट नेपाललाई प्राप्त उक्त प्रतिवेदनमा हवाई क्षेत्रको नियामक निकाय उड्डयन प्राधिकरणमा बुझाएको भाडादर भन्दा सतप्रतिशत बढि भाडादर लिएर चार्टर उडान गरेको फेला परेको हो । बढि भाडा लिनेमा कतार , टर्किस र हिमालय एयरलाइन्स छन् ।

यी वायुसेवा कम्पनीले प्राधिकरणले तोकेको भन्दा बढि पैसा लिएर यात्रु ठगी गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । कतार एयरवेजले काठमाडौबाट फिनल्याण्ड, जर्मनी, इङ्ल्याण्ड, इथियोपियाको एक र अमेरिकाको दुईवटा सहरमा भएको उडानमा यात्रु ठगी गरेको छ । 

त्यस्तै, टर्किस एयरले काठमाडौंबाट टर्की र  टर्की ट्रान्जिट हुँदै अमेरिका तथा क्यानडासम्म भएको उडानमा यात्रु ठगी गरेको भेटिएको छ । कतार एयरवेजले काठमाडौंबाट साउदी अरबको दमाम उडानमा पनि यात्रु ठगी गरेको पाइएको छ । 

दमाब उडानमा हिमालय एयरलाइन्सले ९५ हजार रुपियाँ भाडा स्वीकृत गराएको भए पनि एक लाख ६८ हजार र अर्को एक उडानमा दुई लाख ७ हजार रुपियाँ लिएको प्रतिवेदनमा उल्लेख छ । कतार एयरले काठमाडौंबाट गरेको अमेरिको उडानमा प्राधिकरणबाट स्वीकृत गराउको भन्दा एक सय डलरभन्दा बढि भाडा लिएको पाइएको छ । 

नौ ट्राभल एजेन्सी संग्लग्न
चार्टर उडानमा यात्रु ठगी गर्नमा वायुसेवा कम्पनीसँगै ट्राभल एजेन्सीको पनि मिलेमतो रहेको पाइएको छ । नौ वटा ट्राभल एजेन्सी उक्त यात्रु ठगी गर्ने कार्यमा संग्लग्न रहेको प्रतिवेदनले औंल्याएको  छ । यस्तो ट्राभल एजेन्सीमा प्रेसिडेन्ट ट्राभल, ट्राभल कन्सोल यूके, ग्लोवल इन्टरनेसनल, प्रभाव ट्राभल, फ्लाइट कनेक्सन इन्टरनेसनल, ओशो वर्ल्ड, प्रभाश ट्राभल, एमएलके ट्राभल, क्षितिज ट्राभल र रस्बिता इन्टरनेशनल ट्राभल एण्ड टूर्स रहेका छन् ।

छानविन समितिले यी ट्राभल एजेन्सी र वायुसेवा कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएको छ । महामारीमा जारी भएको टिकट तथा यात्रु उडानमा थप सेवा दिँदा पनि ठगी भएको हुनसक्ने भन्दै समितिले थप अनुसन्धान गर्नुपर्ने खाँचो पनि औंल्याएको छ । 

चार्टर उडानमा यात्रु ठगीको निष्कर्ष, तीन वायुसेवालाई कारवाही गर्न सिफारिश

यस्तो छ महामारीको बेला भएको चार्टर उडानमा भाडा लिने वायुसेवा र ट्राभल एजेन्सीको टिकटसहितको विवरण । 

Advertisement

Advertisement