विकास बैंकहरुले बढाए व्यवसायः चार खर्ब १७ अर्ब निक्षेप संकलन, कर्जा लगानी कति ?

Advertisement

काठमाडौं ।  विकास बैंकहरुले एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवै सामान्य बढाएका छन् । यस सातासम्म १५ विकास बैंकले निक्षेप संकलन ०.१५ प्रतिशत र कर्जा लगानी ०.७३ प्रतिशतले बढाएका हुन् ।

एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप संकलन ०.२४ प्रतिशत र कर्जा लगानी ०.७९ प्रतिशतले बिस्तार भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले जानकारी दिएको छ ।

Advertisement

भदौ २५ गतेसम्म निक्षेप चार खर्ब १७ अर्ब ३६ करोड रुपियाँ र कर्जा लगानी तीन खर्ब ६८ अर्ब ८० करोड रुपियाँ रहेको छ । अघिल्लो हप्ता राष्ट्रियस्तरका बैंकहरुले चार खर्ब १६ अर्ब ३७ करोड रुपियाँ निक्षेप संकलन र तीन खर्ब ६५ अर्ब ९१ करोड रुपियाँ कर्जा लगानी गरेका थिए ।  

यद्दपि, क्षेत्रीयस्तरका विकास बैंकको भने निक्षेप संकलन ०.३५ प्रतिशतले घटेर सात खर्ब १९ अर्ब एक करोड रुपियाँमा सीमित भएको छ । गत हप्ता यी बैंकले सात खर्ब २१ अर्ब सात करोड रुपियाँ निक्षेप संकलन गरेका थिए । 

जिल्लास्तरको विकास बैंंकले कर्जा लगानी भने ०.३८ प्रतिशत वृद्धि भएर ६ खर्ब ७४ अर्ब तीन करोड रुपियाँ पुर्याउन सफल भएका छन् । गत हप्ता यी बैंकले  ६ खर्ब ७१ अर्ब ७ करोड रुपियाँ कर्जा लगानी गरेका थिए । 

हाल १८ वटा विकास बैंक सञ्चालनमा रहेका छन् । जसमध्ये तीन विकास बैंकको व्यवसाय भने यस विवरणमा समावेस गरेका छैन । सहारा विकास बैंक गरिमा विकाससंग मर्जरमा जान लागेको छ । यसकारण उक्त बैंकले आफ्नो व्यवसायको विवरण डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले तयार गरेको तथ्यांकमा समावेस गरेको छैन । 

यस्तै करर्पोरेट विकास बैंक र साल्पा विकास बैंकको व्यवसाय पनि यस विवरणमा समावेस नरहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसन जनाएको छ । 

Advertisement

Advertisement