धितोपत्र बोर्डको निमित्त अध्यक्षमा निरज गिरी नियुक्त

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीले पाएका छन् । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले निमित्तको जिम्मेवारी गिरीलाई दिएको हो ।

गिरी बोर्डका कार्यकारी निर्देशक हुन् । मन्त्रालयले बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न गिरीलाई भदौ २८ गते जिम्मेवारी दिएको हो । यससँगै उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

Advertisement

सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा तानिएका बोर्ड अध्यक्ष ढुङ्गानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो । यससँगै उनीमाथि छानविन गर्न समिति गठन गरी हाल छानविन भइरहेको छ ।

Advertisement

Advertisement