सेयर बजार फेरि तल झर्यो, कारोबार रकम पनि ५ अर्बमा खुम्चियो

Advertisement

काठमाडौँ । साताको दुई दिन लगातार बढेको सेयर बजार आज फेरि ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार ७१.४३ अंकले बढेको बजार हिजो सोमबार पनि ०.२७ अंकले बढेको थियो । तर आज पुनः १८.५४ अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार ०.६३ प्रतिशतले बजार घट्दा परिसूचक २९२९.२९ मा ओर्लिएको छ । आज २२२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो । आइतबार ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपियाँ र सोमबार ९ अबर्) २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

बजार घटेको दिन आज सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २७७.८६ अंक र जीवन बीमा समूह १४४.६८ अंकले घटेको हो । 

बजार ओरालो लागे पनि आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले १० प्रतिशत र सानिमा लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् । आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरुले ५.५६ प्रतिशतले घाटा ब्यहोरेका छन् । 

नेप्सेका अनुसार आज अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको २७ करोड ३ लाख ७० हजार ५ सय २४.१० रुपियाँ बराबरको कारोबार भएको हो । 

गत भदौ ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यस पछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम भने घट्दै आएको छ ।

गतसाताको शेयर बजारः ४२ अर्बको कारोबार

 

Advertisement

Advertisement