अब वालेटले पनि वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने, संस्थापक शेयर खरिद बिक्री हुने

Advertisement

काठमाडौं । हाल सेवा सञ्चालन गरेको भुक्तानी सेवा प्रदायक (मोबाइल वालेट) र सेवा सञ्चालकहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरिदिएको छ  ।
वित्तीय विवरण सार्वजनिक गर्दा भने राष्ट्र बैंकले प्र्रचलित लेखामानमा तोकिएको लगायतका विवरणहरु स्वीकृत गराउनुपर्ने पनि छ । संस्थाको नाफा नोक्सान, वासलत, नगद प्रवाह विवरण, इक्विटिमा परिवर्तनको विवरण तथा वित्तीय विवरणसँग सम्बन्धित टिप्पणीहरु समावेश गर्नेसहितको काम गर्नुपर्ने छ ।

साथै विद्युतीय वालेट सञ्चालन गरेका बैंक तथा वित्तीय संस्थाले वालेटसम्बन्धी कारोबारको तथ्यांक भुक्तानी सेवा प्रदाय संस्थाले पेश गर्ने ढाँचामासमेत पेश गर्नुपर्ने व्यवस्था गरिदिएको छ ।
यस्तो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायकले पनि सेवा सञ्चालन गरेको एक वर्षपछि भुक्तानी प्रणालीको परीक्षण (सिस्टम अडिट)समेत गराउनु पर्ने छ । तत्कालै सिस्टम अपडेट नभएको अवस्थामा भने दुई वर्षमा यस्तो सिस्टम अडिट गराए हुने व्यवस्था गरेको छ ।

Advertisement

संस्थापक शेयर खरिद बिक्री हुने
वालेटले पाँच वर्षसम्म संस्थापक शेयर खरिद विक्री गर्न नपाउने व्यवस्थामा राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत लचिलो नीति लिएको छ । अनुमति प्राप्त गर्दा वखत कायम रहेका संस्थापक शेयरधनीबीच एक आपसमा सस्थापक शेयर खरिद बिक्री गर्न पाइने भएको छ ।

साथै भुक्तानी सेवा प्रदायक संस्थाले २०७९ असार मसान्तसम्म गर्नुपर्ने न्यूनतम कारोबार संख्या र पुर्याउनुपर्ने ग्राहक संख्या २०७९ असारसम्म पुराए हुने व्यवस्था गरेको छ । यस्तो व्यवस्था यस अघि न्यूनतम ग्राहक वार्षिक ३ लाख र कारोबार रकम ६ लाख हुनुपर्ने व्यवस्था थियो ।
 

Advertisement

Advertisement