मञ्जुश्री फाईनान्सले ३ स्थानमा शाखा बिस्तार गर्यो

Advertisement

काठमाडौँ । मञ्जुश्री फाईनान्स लिमिटेड थप ३ स्थानमा शाखा बिस्तार गरी सेवा शुरु गरेको छ । नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो । 

मञ्जुश्री सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

Advertisement

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवा  मा १५ वटा शाखा रहेका थिए भने अब थप ३ सहित शाखा संख्या १८ रहनेछ  । 

२०७८ साल असार मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरी रु ७.९५ अर्ब कर्जा परिचालन गरेको छ  । 


 

Advertisement

Advertisement