सेयर बजार उच्च अंकले घट्यो, ५ अर्ब ३५ करोडको कारोबार, सबै समूह राताम्मे

Advertisement

काठमाडौँ । सेयर बजार लगातार घटिरहेको छ । बुधबार पनि बजार ४०.२६ अंकले घटेको हो । आज बजार १.३७ प्रतिशतले घट्दा नेप्से परिसूचक २८८९.०३ अंकमा ओर्लिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रुपियाँ बराबरको कारोबार भएको छ ।

Advertisement

बजार उच्च अंकले घटेको दिन सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २७२.९१ अंक, जीवन बीमा समूह १७५.३ अंक र विकास बैंक समूह ११६.९१ अंकले घटेका हुन् । 

बजार घटेको दिन पनि आज सबैभन्दा बढी मनकामना स्मार्टका लगानीकर्ताले ९.२३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.६७ प्रतिशत र छ्याङ्दी हाइड्रोका लगानीकर्ताले ४.०८ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी एनआईबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले ६.८८, हिमालय उर्जाका लगानीकर्ताले ५.८३ र गोर्खाज फाइनान्सका लगानीकर्ताले ५.४१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज अरुण भ्यालीको उच्च कारोबार भएको छ । अरुण भ्यालीको २२ करोड १४ लाख ७० हजार ७ सय ५६.९० रुपियाँ, सानिमा लाइफाको १७ करोड २ लाख ७ हजार १ सय १०.१० रुपियाँ र आईसीएफसी फाइनान्सको १५ करोड ३८ लाख १३ हजार १ सय ४६.९० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार ७१.४३ अंकले बजार बढ्दा ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपियाँको कारोबार भएको थियो । सोमबार ०.२७ प्रतिशतले बजार घट्दा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपियाँ र हिजो मंगलबार १८.५४ अंकले बजार घट्दा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपियाँ बराबरको कारोबार भएको थियो ।     

गत भदौ ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यस पछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ ।
 

Advertisement

Advertisement