सरकारी कम्पनीले ३९ जिल्लामा सुपथ मूल्य पसल खोल्ने, बजार मूल्य भन्दा १० रुपियाँसम्म सस्तो

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रमुख चाड पर्वलाई लक्षित गर्दै विभिन्न ३९ जिल्लाको ४३ भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १ गतेदेखि कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल संचालन गर्न लागिएको कम्पनीकी सूचना अधिकृत सर्मिला न्यौपाने सुवेदीले कर्पोरेट नेपाललाई बताइन् ।

Advertisement

कम्पनीले विगत वर्षहरुको असल अभ्यास, सुगम तथा दुर्गम जिल्लाहरुको खाद्य अवस्थालाई मध्यनजर गरि प्रत्येक जिल्लाको लागि विक्री कोटा छुट्याईएको बताएको छ  । प्राप्त कोटालाई विक्री वितरण गर्न उत्साहित हुनेले यो पशल राख्न पाउनेछन् । विक्री नभएमा समिक्षात्मक टिप्पणी सहित प्रधान कार्यालयलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
 
जिल्ला स्थित कार्यालयहरुवाट उपभोक्तालाई विक्री गर्ने परिमाणको हकमा खाद्यान्न मौज्दात, उपभोक्ताको चाप र बजारमूल्यलाई अध्ययन गरि आन्तरिक छलफल, निर्णय र कार्यविधि बनाई प्रत्येक उपभोक्तालाई बिक्री परिमाण तोक्न सकिने छ । दुर्गम जिल्लाहरुमा खास गरि साविक कर्णाली अञ्चलका जिल्लाहरुमा प्राप्त भएको कोटालाई खाद्य व्यवस्था समितिमा जानकारी गराई समितिको निर्णय कार्यविधि बमोजिम बिक्री वितरणको व्यवस्था मिलाउने प्रवन्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

सहुलियत मूल्य पसल संचालन गर्दा विक्री कक्षवाट अनिवार्य रुपमा उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर उल्लेख गरि बिक्री भएको खाद्यवस्तु र छुट रकम उल्लेख भएको प्रत्येक उपभोक्तालाई बील जारी भएको हुनु पर्नेछ । उपभोक्ताको नाम, सम्पर्क नम्बर परिमाण र छुट रकम उल्लेख भएको दैनिक बिक्री रजिस्टर खडा गरि बिक्री विवरण, लेखा, जिन्सी र कार्यालय प्रमुखबाट अनिवार्य प्रमाणित गरि अभिलेख राख्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

अघिल्लो दिनको दैनिक बिक्री विवरण उपभोक्ताको संख्या, खाद्यान्न बाईजको बिक्री परिमाण, छुट रकम खुलेको प्रगति हरेक दिन विहान ११ः०० बजे भित्र कम्पनीको इमेल वा फोन मार्फत प्रधान कार्यालय विक्री वितरण विभागमा अनिववार्य प्रगति पठाउने, प्रगति नपठाउने सम्बन्धित कर्मचारी तथा प्रमुखलाई नसियत सम्मको कारवाही हुने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

सहुलियत शुल्कमा मौज्दातमा रहेको खाद्यवस्तुहरुः सबै किसिमको चामल, गहुँ सबै किसिमको दाल, चिउरा आटा÷पिठो, तोरीको तेल, सनफ्लावर तेलमा प्रति किलो वा प्रति लिटर ५ रुपियाँ छुट पाईने छ । यस्तै, भटमासको तेलमा प्रति लिटर १० रुपियाँ कर्णालीको सिमि÷ फापरको दानामा प्रति केजी १० रुपियाँ जिउदो खसि बोकामा प्रति केजि १० रुपियाँ छुट दिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
 
उपभोक्ताहरुलाई सहुलियतको छुट मूल्य सुसूचित गर्न सबै ठाउँमा एकै किसिमको ‘युनिफर्म’मा सबै विक्री स्टलहरुमा निम्न नमूना अनुसारको ब्यानर बनाई सबैले पढ्न सक्ने स्थानमा टास्ने पर्ने व्यवस्था रहेको छ । 

व्यानरको नमूना 


 

Advertisement

Advertisement