हिमालय एअरलाईन्सका जहाजहरु अब अझै आरामदायी, एईडीसहित उड्ने

Advertisement

काठमाडौँ । नेपाल–चीन संयूक्त लगानीको हिमालय एअरलाइन्स्ले यसै साता आफ्ना सबै जहाजहरु (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखिएको छ । उक्त जीवनदायी मसिन राखिए पश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगत भन्दा अब उप्रान्त निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने कम्पनीले जनाएको छ । 

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ । यस कार्य पश्चात हिमालय एअरलाईन्स् जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स् कम्पनी भएको छ । 

Advertisement

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यबस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने कार्य गर्दछ ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केहि सातादेखि हिमालय एअरलाइन्स्का सबै उडान कर्मचारीहरुलाई उक्त जीवनदायी मसिनको प्रयोग बारे यथेष्ट तालिम समेत दिएर दक्ष र निपूर्ण पारिएको छ  । 

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटरले ज्यान जोखिममा परेका यात्रुहरुको जीवन पुनः फर्काउने हुँदा उडान यात्राभर तिनको विशेष महत्व हुने गर्दछ । तिनले अचानक हृदयगति बन्द भएका वा हुन लागेका बिरामीको हृदयगतिलाई पुनः सामान्य रुपमा फर्काउन मद्दत गर्ने हुँदा उडानमा यस्ता मसिनको उपलब्धताले नै अचानक हुनसक्ने हृदयघात, मुटु–फोक्सो असफल हुने समस्या जस्ता खतरनाक स्वास्थ्य स्थितिलाई धेरै हदसम्म उल्ट्याउन र सफलतम् उपचार समेत गर्न सकिने हुँदा मध्य आकाशमा समेत बिरामीको ज्यान बचाउन सकिन्छ । 
 

Advertisement

Advertisement