दशैंतिहारका लागि सिटी एक्सप्रेसले ल्यायो ‘सिटी आयो लखपति बनायो’ योजना

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार र छटका लागि ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक गरेको छ । लगातार ६१ दिनसम्म चल्ने यो योजनामा गोलाप्रथाबाट ६१ दिनसम्म हरेक दिन एक जना विजेतालाई १० हजार उपहार प्रदान गरिने छ । त्यस्तै, हरेक महिना पाँच जनालाई एक–एक लाख रुपियाँ १० जना लखपति बनाइने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यस यमे अफर असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र कम्पनीमा कार्यरत कर्मचारीलाई लागू नहुने जनाइएको छ ।

Advertisement

विगत १५ बर्षदेखि विप्रेषण सेवा दिँदै आएको यस कम्पनीले विश्वका थुप्रै मुलुकबाट रकम भित्राउँदै आएको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु रहेका छन् । सिटी एक्सप्रेसले कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement