फोटोन मोटर्सको अब देशभरि सर्भिस नेटवर्क

Advertisement

काठमाडौँ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको छ । 

‘देशको अधिकांस ठाउँबाट ग्राहकले अब सेवा लिन पाउनेछन्, २५ भन्दा बढी वर्कसपबाट ग्राहकले एक घण्टा भित्र सेवा पाउनेछन्” कम्पनीका सर्भिस हेड विदेशमान सिंह डंगोलले बताए । उनले भने–‘एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहकसंग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहन्छ । कम्पनि आउने बर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको छ । 

Advertisement

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड  एस,  १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल  र १६ सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका  एम्बुलेन्स बिक्री गर्दै आएको छ ।  
 

Advertisement

Advertisement