शिवम् सिमेन्ट काठमाडौं किङ्स इलाभेनको मुख्य प्रायोजक

Advertisement

काठमाडौँ । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टीयू मैदानमा हुन गईरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्समा आबद्ध हुने छ । 

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ को तर्फबाट टेली होल्डिङ्स प्रालिबीच सम्झौता हस्ताक्षर भएको हो । शिवम्ले काठमाडौं किङ्स टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टीयू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् ।

Advertisement

चर्चित नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किङ्स टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन् । अनुभवी खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किङ्सले यस बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा खेल मार्फत सबैको मन जित्ने अटुट विश्वास लिइएको छ ।

गुणस्तरीय उत्पादन मार्फत भरोसा जितेर सबैसँग अटुट सम्बन्ध स्थापित गर्न सफल शिवम् सिमेन्टको जस्तै गुणस्तरीय खेल मार्फत सबैको भरोसा जितेर काठमाडौँ किङ्सले सम्पूर्ण क्रिकेट प्रेमीहरूसँग एउटा आत्मीय सम्बन्ध स्थापित गर्न सफल हुन्छ भन्ने अपेक्षा गरिएको छ । आफ्नै चुन ढुङ्गा प्रयोग गरी अत्याधुनिक प्रविधि मार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एनएस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् सिमेन्ट ५३ ग्रेड र ४३ ग्रेडमा उपलब्ध छ  ।    

Advertisement

Advertisement