युवामाझ लोकप्रिय मोटरहेडका बाइकमा आकर्षक बढ्दै, चाडपर्वमा छुट र उपहारसम्म अफर

Advertisement

काठमाडौं । नेपाली बजारमा मोटरहेड ब्राण्डका विभिन्न सात मोडलका मोटरसाइकल (बाइक)हरू बिक्री हुँदै आएको छ । एसएलआर टेक्नो एण्ड ट्रेड प्राइभेट लिमिटेडले नेपालमा बिक्री गर्दै आएका यी बाइकहरू १५० सिसिदेखि २५० सिसिसम्मका छन् । अफरोड भर्सनका यी बाइकहरू नेपालमा निकै लोकप्रिय पनि रहँदै आएका छन् । 

युवालक्षित ‘डट वाइक’को रुपमा चिनिएका मोटरहेडका २५० सीसीका बाइक दुई वटा भेरियन्टमा उपलब्ध छन् । यो बाइक अफरोड र अनरोड दुवैलाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ । 

Advertisement

अफरोडलाई लक्षित गरिएका मोटरहेड बाइकहरू सीआरएफ (क्रसफायर) मोडलमा छ । अनरोडका लागि पनि कम्पनीले मोटो टायर भएका मोटरसाइकल ल्याएको छ । एमएच टू हन्ड्रेड दुई सय सिसिको बाइक हो । यही मोडेलका अन्य बाइकको तुलनामा यस्को मूल्य सस्तो रहेको कम्पनीले जनाएको छ ।

मिनि डट
नेपालीहरूको उचाईसँग मिल्दोेजुल्दो हुने किसिमले कम्पनीले मिनि डट बाइक नेपाली बजारमा ल्याएको छ । उक्त वाइक १५० सीसीमा उपलब्ध छ । मिनि डट वाइकको मूल्य दुई लाख ९५ हजार रूपियाँ तोकिएको छ । डट वाइक चढ्ने धेरै युवाको चाहना र सपना हुनेगर्छ । कम्पनीले आफ्ना ग्राहकको इच्छा पूरा गर्न तीन लाख रुपियाँमा नै नेपाली बजार डट वाइक ल्याएको जनाएको छ ।

टेकन २५० सिल्टाइल र राम्रो पर्फमेन्स भएको मोटरसाइकल हो । मोटर हेडका टेकन र स्क्याम्लर टप सेग्मेन्टमा पर्छन । मोटरहेड कम्पनीका एरिया सेल्स म्यानेजर सुरेन्द्र कार्की भन्छन्, ‘अहिले बजारमा मोटरहेट नचिन्ने ग्राहकले पनि टेकन र स्क्याम्लरको नाम थाहा पाउनु हुन्छ । युवाहरूमा यी बाइकप्रतिको क्रेज बढ्दै गएको छ ।’

मोटरहेडले नेपाली बजारमा नयाँ भेरियन्टको बाइक सार्वजनिक गर्दैछ । असोज १ गते कम्पनीले सो वाइक लन्च गर्न लागेको हो । हाल दुई आकर्षक रंगमा उपलब्ध बाइक भित्राउने अन्तिम तयारी गरिएको हो । मोटरहेडको नयाँ मोडलको बाइक असोज २ गते टेस्ट ड्राइभ गर्न दिने तयारी गरिएको छ । 

अहिले कम्पनीले बिक्री गरिरहेका मोटरहेडका मोटरसाइकलहरू चीन बनेका हुन् । यी बाइकको माइलेज ३० देखि ३५ किलोमिटरसम्म रहने गरेको छ । डट वाइकको विशेषता पहाडी माटोमा समेत ग्राहकलाई दुःख नदिई गुड्ने भएकाले एड्भेन्चरको अनुभव प्रदान गर्दछ । 

कार्कीले १५० सीसी सेगमेन्टका बाइकमा सात लिटरसम्म पेट्रोल राख्ने क्षमता रहेको र त्यो भन्दा माथिको सीसीमा १२ लिटरदेखि १४ लिटरसम्म पेट्रोल राख्ने क्षमता रहेको बताए ।  

दशैं अफर
कम्पनीले नगद बुझाएर बाइक किन्दा १२ हजार रुपियाँसम्म छुट दिने बताएको छ । फाइनान्स गरेर किन्दा आठ हजार रुपियाँसम्म छुट दिइने जनाइएको छ । चाडपर्वको अवसरमा सञ्चालित अफर योजनामा तीन जना विजेतालाई प्रथम पुस्कारस्वरूप एक लाख, द्धितीयलाई ५० हजार र तृतीयलाई २५ हजार रुपियाँ दिइने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement