प्रभावकारी बन्दै वृज सिमेन्टको एक्सपर्ट मेशन क्लब

Advertisement

काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको वृज एक्सपर्ट मेशन क्लब प्रभावकारी बन्दै गएको छ । क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका मृत्यु भएपछि परिवारलाई कम्पनीले रु. पाँच लाख आर्थिक सहयोग गरेको छ । 

गत जेठ ८ गते क्लबका सदस्य  प्यूठान जिल्ला नौबहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षीय बोमबहादुर मल्ल, उनकी श्रीमती र छोरा गरी तीन जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपियाँ बीमा बापतको रकम हस्तान्तरण गरेको हो । 

Advertisement

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जि.सी.ले मृतककी छोरी कुमारी मल्ललाई पाँचलाखको चेक हस्तान्तरण गरेका थिए । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले  वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बीमा योजना अगाडि बढाएको छ । 

देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीहरुलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरेर विमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए । पौडेलले कम्पनीले आफनो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महसुस गरी कार्यक्रम ल्याएको बताए ।

उक्त कार्यक्रमलाई अझैं प्रभावकारी र फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लब”मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पास बुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्टका कुनैपनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सकिनेछ । 

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनकालागि देशकाविभिन्न स्थानहरुः काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम सञ्चालन गरिएको थियो । अहिले सम्म कम्पनीले २५०० बढी निर्माणक्रमी साथिहरुलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरिसकेको वृज सिमेन्टले जनाएको छ । 

कम्पनीले बढी भन्दा बढी निर्माणकर्मीहरुलाई यस क्लबमा आबद्ध गराउने र क्लबमा आबद्ध सदस्यहरुलाई आवश्यक सहयोग जुटाउने योजना कम्पनीको छ ।
 

Advertisement

Advertisement