चीनबाट एकै पटक आयो ४४ लाख डोज भेरोसिल खोप, कसरी लगाइँदै छ ?

Advertisement

काठमाडौं । सरकारले चीनसँग खरीद गरेकोमध्ये बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको बाइडबडी जहाजमार्फत उक्त ल्याइएको हो । नेपालले खरीद गरेको कुल ६० लाख डोजमध्ये १६ लाख डोज यसअघि आइसकेको छ । 

स्वास्थ्य सेवा विभागले चीनबाट आइपुगेको खोप केही दिनभित्रै दिइने जनाएको छ । पहिलो प्राथमिकतामा हिमाली  १० जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुलाका १८ बर्ष उमेर माथिकालाई काभ्रे र चितवनका ३५ वर्षभन्दा माथिकालाई, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिकालाई र बाँकी ५५ जिल्लाका ५५ वर्षभन्दा माथिकालाई यो खोप दिइने विभागको भनाई छ ।

Advertisement

Advertisement

Advertisement