बुद्धभूमि नेपाल हाइड्रोको ८ करोड रुपियाँको आईपीओ असोज ११ गतेदेखि

Advertisement

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि ८ करोड रुपियाँ बराबरको साधाराण शेयर(आईपीओ)आईपीओ निष्काशन खुला गर्ने भएको छ। उक्त शेयरमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ८ करोड रुपियाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 

Advertisement

निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको बुद्धभूमिको ७ लाख ४४ हजार कित्ता शेयर ७४ हजार ४ सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । हिजोआज खुलेका आईपीओहरुमा २४ लाख बढीले आवेदन दिन थालेका छन् । त्यसकारण उक्त कम्पनीको आईपीओमा १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त छ । 

यसअघि साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्रीका लागि आवेदन खुला गरी बाँडफाँट समेत गरिसकेको छ ।  

उक्त कम्पनीले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ । 


 

Advertisement

Advertisement