चलचित्र र गीतसंगीत क्षेत्रका २४ जनाले पाउने भए सम्मान

Advertisement

काठमाडौँ । संविधान दिवस २०७८ को अवसरमा सरकारले चलचित्र र संगीत क्षेत्रका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ । 

चलचित्र क्षेत्रतर्फ 
रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, नवल खड्का, दीपाश्री निरौला र प्रकाश घिमिरेलाई सरकारले प्रबल जनसेवाश्रीबाट विभूषित गर्ने भएको छ । त्यसैगरी गौरी मल्ल सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएकी हुन् । अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, निर्देशक मिलन चाम्स, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झाले जनसेवाश्री पदक पाउने छन् । 

Advertisement

गायक/गायिकातर्फ
गायक हेमन्त शर्मा, गायक तथा नायक प्रकाश सपुत, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, हास्य कलाकार शिवशंकर रिजाल, नृत्यांगना तेरिया मगर र गायिका राधिका हमालले पनि जनसेवाश्री पाउनेछन् ।

दोहोरी गायक चन्द्रप्रसाद शर्मा, गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, दोहोरी गायिका विष्णु माझी र संगीतकार कस्तुप पन्त प्रबल जनसेवाश्रीबाट विभूषित हुनेछिन् । स्वर्गीय गायक नारायण गोपाललाई महाउज्वल राष्ट्रदीप र गीतकार कालीप्रसाद रिजाललाई सुप्रबल जनसेवाश्रीबाट सम्मान गर्ने घोषणा गरेको छ ।

Advertisement

Advertisement