भरतमणिले जिते  ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि

Advertisement

काठमाडौँ ।  ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा उनले सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापाभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले कार र २५ लाख रुपियाँ पुरस्कार पाएका छन् । भरतमणिसँगै सिक्किमका अग्रवाल र गोरखाका थापा फाइनलमा पुगेका थिए ।

Advertisement

‘कमेडी च्याम्पियन’को निर्णायकहरुमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए । पहिलो सिजनको उपाधि भने हिमेश पन्तले जितेका थिए । 

Advertisement

Advertisement