भोलिदेखि दशैं पर्वका लागि नयाँ नोट सटही गर्न पाइने

Advertisement

काठमाडौं । दशैं पर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । 

राष्ट्र बैंकले सर्वसाधरणको लागि ४ गतेदेखि असोज २४ गतेसम्म नयाँ नोट वितरण गर्न लागको हो । बैंक तथा वित्तीय संस्थालाई भने बैंकले एक साता अगाडिबाटै नयाँ नोट दिन थालेको थियो । 

Advertisement

दशैँतिहार लक्षित गरी २ खर्ब रुपियाँ बराबरका नयाँ नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले काठमाडौं उपत्यकाको हकमा केन्द्रीय कार्यालय बालुवाटारबाट नोट वितरण गर्ने छ । साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपियाँ सटही गरिने छ । संस्थागत प्रयोजनका लागि भने दुई करोडदेखि पाँच करोड रुपियाँसम्म नयाँ तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था छ  ।

बैंकहरुले आफू अनुकुल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी वा घटी नयाँ नोट वितरण गर्न सक्ने छन् । राष्ट्र बैंकले गत वर्षको चाडवाडमा कोरोना महामारीको कारण नयाँ नोट सटही गरेको थिएन । 

Advertisement

Advertisement