‘मेरो प्रयत्न विभुषण प्रथाकै विरोधमा थियो, मलाई निकै ठूलो दबाब र डरत्रास पनि दिइयोः पौड्याल

Advertisement

काठमाडौं । पूर्वमुख्यसचिव लीलामणि पौड्यालले आफ्नो कार्यकालमा विभुषण प्रथा नै हटाउनुपर्छ भन्नेमा रहेको खुलासा गरेका छन् । संविधान दिवसको अवसरमा दलहरूले भागबण्डाका आधारमा आफ्ना नेता कार्यकर्तालाई मानपदवी वितरणको घोषणासँगै यसको चर्को विरोध भइरहेको बेला पौड्यालले उक्त कुरा खुलासा गरेका हुन् । 

उनले आफू विभुषण सिफारिस समितिमा हुँदा गौरव गर्न लायक १३ जनाको नाम मात्रै सिफारिस गरेपछि त्यो नगर्न ठूलो दबाब र डरत्रास दिने काम भएको पनि बताएका छन् । पौड्यालले सामाजिक सञ्जालमा लेख्दै आफूले त्यसो गर्दा उक्त बर्ष विभुषण नै वितरण नभएको बताउँदै उक्त विद्रोहको अगुवाई गर्न पाएकोमा गर्व लाग्छ भनेका छन् । 

Advertisement

उनी लेख्छन्, ‘मेरो प्रयत्न पनि यो प्रथा बिरोधमा हो ! २०६८सालमा आफू विभुषण शिफारिस उपसमितिमा हुंदा सबै मन्त्रालयबाट आएका ३२० (सायद ?) नाम खारेज गरि राष्ट्रले गौरव गर्न लायक कामगरेका कृष्णप्रसाद भट्टराई, सेवानिबृत प्रन्या रामप्रसाद श्रेष्ठसमेत १३ जनाको नाम उपसमितिले नै खोजेर कारणसहित सिफारिस गर्यो ं। उक्त सिफारिस फेरेर विगतमा झैं मन्त्रालयबाट आएका नाम सिफारिस गर्न निकै ठूलो दवाव, डरत्रास पनि दिइयो। दुइ घण्टासम्म बयान दिन लगाइयो। तर मानिएन। अन्ततः त्यसवर्ष विभुषण नै बाँडिएन। आफैंलाई त्यो विद्रोहको अगुवाई गर्न पाएकोमा अहिले गर्व लाग्छ।

मेरो प्रयत्न पनि यो प्रथा बिरोधमा हो! २०६८सालमा आफू विभुषण शिफारिस उपसमितिमा हुंदा सबै मन्त्रालयबाट आएका ३२० (सायद?) नाम खारेजगरि राष्ट्रले गौरव गर्न लायक कामगरेका कृष्णप्रसाद भट्टराई, सेवानिबृत प्रन्या रामप्रसाद श्रेष्ठसमेत १३जनाको नाम उपसमितिले नै खोजेर कारणसहित सिफारिस गर्यो +

— Leela Mani Paudyal (@paudyallm) September 19, 2021

Advertisement

Advertisement