सेबोन अध्यक्ष ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्नूः सर्वोच्च अदालत

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । 

सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा खरिद गरेर  विवादमा तानिएका उनी निलम्बनमा परेपछि भदौ २३ गते सर्वोच्च अदालत गएका थिए । उनले दायर गरेको रिटको गत मंगलबारसुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

Advertisement

सरकारले ढुंगानालाई निलम्बन गर्दै छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रे र विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल तथा कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्काको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । 

सोही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सीईओ चन्द्रसिंह साउदले राजीनामा दिइसकेको छन् भने नेपाल उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै सेबोन सञ्चालक समितिमा रहेका चन्द्रप्रसाद ढकाल बाहिरिएका छन् । 

Advertisement

Advertisement