युरोपमा मदिराको कर दोब्बर पारिंदै, विश्व स्वास्थ्य संगठनले दियो यस्तो सुझाव

Advertisement

कोपेनहेगन । विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ ।   यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने  मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ ।  

क्यान्सरको रोकथापको लागि  यो कदय उपयुक्त र प्रभावकारी हुने  विश्वास लिइएको छ।  यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरू मध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् । रुस र बेलायत लगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । 

Advertisement

विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार यस कदमबाट १०,७०० नयाँ क्यान्सरबाट हुने मृत्यु र  ४,८५० मदिरासेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिनेछ ।  यो तथ्याङ्कले युरोप क्षेत्रमा हुने क्यान्सरको आक्रमण र मृत्यु दरको ६ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।    

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस क्षेत्रमा १८०,००० क्यान्सरको रोगी र ८,५००० मृत्यु मदिरा सेवनसँग सम्बन्धित रोगबाट हुने गरेको अनुमान गरिएको छ। युरोपका २७ देशहरूमा मदिराको कर कमी रहेको  उल्लेख  गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले बताए अनुसार ४८ लाख क्यान्सरका रोगीहरू बर्षेनी युरोपमामात्र पत्ता लाग्ने गरेका छन् । रासस÷एएफपी 

Advertisement

Advertisement