चौध वाणिज्य बैंकको मासिक निक्षेप ओरालोतर्फ, जोखिम बढ्ने गरी कर्जा मात्रै बृद्धि

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १४ वाणिज्य बैंकको मासिक निक्षेप संकलन ओरालो लागेको छ । असार मसान्तको तुलनामा भदौसम्ममा यी वाणिज्य बैंकको निक्षेप संकलन ३० अर्ब रुपियाँले घटेको हो । 

यस्तो निक्षेप भदौमा महिनामा पनि नौ वाणिज्य बैंकको घटेको देखिएको छ । साउनमा बैंकहरूको निक्षेप संकलन असारको तुलनामा ओरालो लागेकोले पनि औसतमा भदौमा भने ४७ अर्ब रुपियाँले निक्षेप बढेको देखिएको छ । तर भदौ महिनामा पनि नौ वाणिज्य बैैंकले निक्षेप संकलनमा औसतमा सुधार गर्न भने सकेको देखिदैन् ।

Advertisement

बैंकहरूले निक्षेप संकलन गर्न नसके पनि भएकै पैसाबाट कर्जा भने बढाएका छन् । निक्षेप घटेका बैंकले पनि कर्जा बढाएकै कारण भदौमा मात्रै वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह भने एक खर्ब आठ अर्ब रुपियाँ रहेको छ ।

भदौमा निक्षेप संकलन कम गरेर कर्जा बढाउने बैंकहरूमा कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी बैंक, ग्लोवल आइएमई बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक र प्राइम बैंक छन् । यी बैंकहरुले निक्षेप संकलन नकारात्मक हुँदा कर्जा बढेको देखिएको हो ।

असारको तुलनामा साउन र भदौको दुई महिनामा भने १४ वाणिज्य बैंकको निक्षेप घटेको दिएको छ । यी वाणिज्य बैंकको निक्षेप घटेकै कारण असारको तुलनामा भदौमा निक्षेप संकलन ३० अर्ब रुपियाँले घटेको हो । निक्षेप संकलन असारको तुलनामा भदौसम्ममा घटेका बैंकहरूमा कृषि विकास, बैंक अफ काठमाण्डू, सेञ्चुरी, एभरेष्ट, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्र्डर्ड चाटर्ड बैंक रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आव लागेपछि नै वाणिज्य बैंकहरूले आम्दानीको स्रोत नबढाएको, राष्ट्र बैंकबाट अस्थायी तरलता सुविधा र ओरनाइट रिपो लिएर ऋण लगानी गरिरहेका छन् । बैंकहरूले अस्थायी स्रोतबाट दीर्घकालिन लगानी गरेको र यसले बैंकिङ क्षेत्रमा राम्रो सन्देश नजाने तर्क राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको छ । उनले बैंकहरूले निक्षेप संकलन नगर्ने र कर्जा मात्रै बढाउनु भनेको सीडी रेसियो भित्रै रहेको देखिए पनि यसले जोखिम भने बढाउने तर्क उनको छ ।

वाणिज्य बैंकहरूले संकलन गरेको निक्षेप र कर्जाको विवरण (तथ्यांक रु.अर्बमा)

Bank Name Deposit Asar  Deposit Bhadau Change since Ashad  Change since Bhadau Lending Change since Ashad  Change since Bhadau
ADBNL 156.27 155.30 -7.66 -0.97 155.77 4.23 5.14
BOK 102.94 101.85 -2.49 -1.09 102.54 3.64 3.21
CENTURY 96.64 94.91 -2.09 -1.73 86.41 5.02 4.28
CITIZEN 147.27 147.92 4.92 0.65 128.23 4.59 3.12
CIVIL 91.89 95.23 4.89 3.34 86.48 3.44 1.12
EBL 156.83 157.71 -3.13 0.88 139.00 4.05 5.90
GLOBAL 279.36 275.85 -7.49 -3.51 254.22 11.72 9.05
HBL 146.62 147.71 -1.65 1.09 139.51 6.65 5.56
KUMARI 161.42 164.52 7.34 3.10 154.20 10.43 5.31
LAXMI 114.41 118.35 1.52 3.94 114.22 5.57 3.44
MBL 130.14 131.40 -2.76 1.26 124.33 8.06 4.02
MEGA 143.06 142.93 -2.35 -0.13 141.11 -0.01 0.43
NABIL 225.05 228.39 0.38 3.34 212.96 7.31 3.37
NBBL 82.62 78.44 -10.94 -4.18 73.61 2.44 1.39
NBL 153.36 165.92 2.37 12.56 150.23 5.28 2.96
NCC 106.74 115.72 4.95 8.98 108.89 8.98 8.28
NIBL 177.01 171.21 -4.84 -5.80 171.25 4.06 2.34
NIC 302.89 314.90 14.65 12.01 278.73 13.89 9.11
NMB 166.62 168.28 1.83 1.66 167.37 9.33 7.02
NSBL 110.07 108.11 1.89 -1.96 107.57 5.99 3.45
PRABHU 160.15 165.89 -3.84 5.74 142.39 0.13 -0.34
PRIME 152.47 154.72 -5.02 2.25 146.20 3.22 1.77
RBB 236.82 235.54 -28.56 -1.28 201.45 1.69 5.91
SANIMA 129.92 133.27 2.39 3.35 127.38 4.69 2.73
SBL 185.65 189.27 4.07 3.62 176.37 10.69 5.23
SCBNL 94.81 94.86 -1.33 0.05 73.95 1.90 2.32
SUNRISE 112.44 113.02 2.78 0.58 107.59 4.22 2.01

Advertisement

Advertisement