विकास बैंकको  व्यवसायः निक्षेपभन्दा कर्जा तीन अर्ब बढी, जिल्लास्तरीयको भने निक्षेप घट्यो

Advertisement

काठमाडौं । विकास बैंकहरूले असोज १ सम्मको एक सातामा दुई अर्ब ४८ करोड रुपियाँ निक्षेप संकलन गर्दा पाँच अर्ब  ५१ करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूको पछिल्लो तथ्यांक अनुसार ०.५५ प्रतिशतले निक्षेप बढाउँदा कर्जा भने १.३९ प्रतिशतले बढेको छ । यो तथ्यांक अनुसार विकास बैंकहरूले नि निक्षेप भन्दा तीन अर्ब बढी कर्जा प्रवाह गरेका छन् ।

विकास बैंकहरूले एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य विस्तार गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको तथ्यांक अनुसार एक साता (भदौ २६ देखि असोज १ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप संकलन ०.५९ प्रतिशत र कर्जा लगानी १.४६ प्रतिशतले विस्तार भएको छ ।

Advertisement

असोज १ गतेसम्म निक्षेप ४ खर्ब १९ अर्ब ८४ करोड रुपियाँ र कर्जा लगानी ३ खर्ब ७४ अर्ब १९ करोड रुपियाँ रहेको छ । यस अवधिसम्म आउदा क्षेत्रीयस्तरका विकास बैंकको भने निक्षेप संकलनमा सामान्य गिरावट आएको छ भने कर्जा लगानी केही बढेको छ । क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप एक सातामा ८ लाख ४० हजार रुपियाँले घटेको छ । कर्जा लगानी भने १२ करोड ६६ लाख रुपियाँले वृद्धि भएको छ ।

विकास बैंकहरूको १ असोजसम्मको निक्षेप तथा कर्जाको विवरण ।

Advertisement

Advertisement