डा. भक्तमानलाई अपहरण गरी फिरौतीवापत एक करोड १० लाखको सुन लुट्ने ११ बर्षपछि पक्राउ

Advertisement

काठमाडौं । विपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरी फिरौतीबापत एक करोड १० लाख रुपियाँको सुन लुटेर भागेका दोषी ११ बर्षपछि पक्राउ परेका छन् । 

सुन लुटेपछि भारत पलायन भएका राजेन्द्र पण्डित नेपाल आएको मौका छोपेर प्रहरीले पक्राउ गरेको हो । उनीसहित १०–१२ जना मिलेर भक्तमानलाई भरतपुरको हाकिम चोकस्थित हिमचुली विकास बैंक नजिक भित्री सडकबाट २०६७ जेठ ४ गते अपहरण गरी १९ दिनसम्म बन्धक बनाएर फिरौतीवापत एक करोड १० लाख रुपियाँको तीन किलो सुन लिएर अपहरणमुक्त गरी फरार भएका थिए । 

Advertisement

उक्त घटनापछि भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार नुवाकोटको विदुर–१२ बाट पक्राउ गरेको हो । पुनरावेदन अदालत हेटौंडाले उनीविरुद्ध २०७० माघ २१ गते नौ बर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । 

Advertisement

Advertisement